काठमाडौंः गायक राज खम्बु र गायिका सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत युट्यूबमा सार्वजनिक गरिएको छ ।

मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द संरचना रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुशेन, अभिनेत्री स्वस्तिमा खड्का र रियाशा दाहालले अभियन गरेका छन् ।

गायक खम्बु र गायिका वर्माका साथसाथै मिस्टर आरजेले पनि गीतमा स्वर दिएका छन् ।

अमेरिकामा रहँदै आएका गायक राज खम्बुले यस अघि कर्कले पात, यही त होला माया, हेरन कान्छी, चारै दिशा लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् । खम्बु अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा संक्रिय रहँदै आएका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७, १३:४२