काठमाडौंः गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’बोलको गीत सार्वजनिक गरिएको छ ।

गायक सिग्देलको यस गीत केही दिनअघि ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा लामो समयदेखि अमेरिकामा रहँदै आएका गीतकार पदम विश्वकर्माको शब्द छ । यस्तै गीतमा राम कार्कीको संगीत छ ।

द पिक स्टुडियोमा रेकर्ड भएको यो गीतको भिडियोमा दीपक आचार्य र इष्टु कार्कीले अभिनय गरेका छन् । यस्तै मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ ।

सुरेश थापाले निर्देशन गरेको भिडियो सागर गौतमले खिचेका छन् । भिडियो अभिनायक सेरचनले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १६:०२