स्याङ्जाः कांग्रेस नेता गगन थापाले ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको आरोप लगाएका छन् ।

नेपाल तरुण दलले आइतबार बिहान आयोजना गरेको तरुण प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अंक गणितको धाक लगाउँदैमा कांग्रेस विचलित नहुने दाबी गरे। राणा शासन र  राजालाई पराजित गरेर आएको इतिहासलाई स्मरण गर्दै कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने पनि उनको दाबी थियो ।

राष्ट्रपति विद्या भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेको आरोपसमेत लगाएका छन् । एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपतिले पदको दुरुपयोग गरेको बताएका थिए।


थापाले राष्ट्रपतिलाई पदको मर्यादा र गरिमा उच्च सम्मान र ख्याल गर्नसमेत आग्रह गरेका थिए ।

उनले, प्रधानमन्त्री ओलीले बहुमतको दम्भ देखाइरहेको भन्दै उनले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न सुझाव दिए । टेम्पोको इन्जिन राखेर जेट चलाएको भन्दै घमण्ड नगर्नसमेत आग्रह गरेका थिए ।