काठमाडौंः नेपाली सुगम संगीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘चियाबारीमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ ।

पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ ।

ज्ञानु राईको छायांकन, सुवास लिम्बुको सम्पादन तथा उसा मलाहा (सिम्रन) को निर्देशन भिडियोमा रहेको छ ।

भिडियोमा रविना प्रधान, सन्तु थापा मगर, भुपाल बुढाथोकी र विक्रम धिमालको अभिनय रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २८ शुक्रबार, १४:५६