काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले सातवटै प्रदेशमा प्रदेश समिति प्रमुखहरु चयन गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समिति अन्र्तगत मंगलबार बसेको बैठकले प्रदेश १ मा राम थापा, प्रदेश २ मा चन्देश्वर यादव, प्रदेश ३ मा विक्रम ब।थापा, प्रदेश ४ मा हेमजङ्ग गुरुङ, प्रदेश ५ मा डा।धवलशमशेर राणा, प्रदेश ६ मा धनबहादुर बुढा र प्रदेश ७ मा श्याम ब ।शाहीलाई प्रदेश समिति प्रमुखको जिम्मेवारी तोकिएको हो ।

त्यसैगरी, केन्द्रीय उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति पनि बनाएको छ भने केन्द्रीय सदस्य भाूकर भद्रालाई सहमहामन्त्रीमा मनोनीत गरिएको छ ।


। त्यसैगरी राप्रपाले महामन्त्री राजेन्द्र लिङ्देनद्वारा प्रस्तुत सक्रिय सदस्यतासम्बन्धी निर्देशिका परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।