भक्तपुरः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां को केन्द्रीय सदस्य रामेश्वर थापा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

२३ दिनपछि तेस्रो पटकमा नेगेटिभ आएपछि थापा कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनी कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेको थिए ।

चौध वर्षको उमेर देखिनै निरन्तर सामाजिक र राजनैतिक क्षेत्रमा कटिबद्ध, क्षत्री समाज नेपालको केन्द्रिय सचिव तथा भक्तपुरको संस्थापक अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल भक्तपुरको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार, प्राकृतिक श्रोत व्यवस्थापन नेपालको केन्द्रीय अध्यक्ष समेत रहि थुप्रै संघ संस्थामा आवद्ध रहेका उनले भने, ‘कोरोनाले आफुलाई धेरै कुरा सिकाएर गएको छ, यो महामारिलाई हल्का रूपमा नसोच्न अनुरोध गर्दछु ।


। यो २३ दिन को लामो समय बन्द कोठा भित्र नर्स डाक्टर आमा श्रीमती सबैको भुमिका निर्वाह गर्ने मेरो जीवन साथी कोपिला प्रती हृदय देखि नै सम्मान गर्दछु ।’

सुर्यबिनायक नगरपालिका–८ भक्तपुर निवासी थापाका ६ जनाको परिवारमध्ये उनलाई र उनका छोरामा कोरोना पोजेटिभ देखिएको थियो । अझै छोरा नबिनमा कोरोना पोजेटिभ रहेको छ । नविनमा पोजेटिभ देखिएको आज १० दिन भएको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २४ सोमबार, १८:२१