काठमाडौंः रामकुमार नेपालीको स्वरमा नयाँ लोक गीत सार्वजनिक भएको छ ।

इमेज लोक कलाकार सिजन २ का बिजेता नेपालीको स्वरमा रहेको ‘घुर्‍यानको मुला’ लोक गीत सार्वजनिक भएको हो ।

लोक गीतमा उनकै शब्द र संगीत रहेको छ । गीतमा रामकुमार आफैं मोडलको रुपमा पनि देखिएका छन् ।

भिडियोमा उनीसँगै कृति केसी, सन्जीव ठकुरी र स्मृति बस्नेतको अभिनय रहेको छ । भिडियो दुर्गा पौडेलको निर्देशनमा तयार भएको हो भने सन्जीव ठकुरीको कोरियोग्राफी छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, फागुन १०, १४:०७