काठमाडौंः सुगम संगितका चर्चित गायक रामकृष्ण ढकालले बजारमा अर्को वियोगान्त गीत लिएर आएका छन् ।

उनले अग्रेजी नयाँ वर्ष २०२० मा नयाँ गीत ‘मौनतामा धेरै’ लिएर बजारमा आएका हुन् । उनको यो गीतको भिडियोलाई डि फोर क्रियशनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

दुर्गा खनाल घिमिरेको शब्दलाई दिपक शर्माले संगीत दिएका छन् भने म्यूजिकको भिडियोमा रामकृष्ण ढकाल र मरिस्का पोख्रेलको अभिनय रहेको छ ।

भिडियोको नृत्य निर्देशक शिव विकले गरेका छन् भने सम्पादन अर्जुन जि सी र कोरियोग्राफर कृष्ण बहादुर थापाले गरेका छन् ।

म्यूजिक भिडियोको निर्देशन चलचित्र निर्देशक साथै द्वन्द निर्देशक चन्द्र पन्तले गरेका छन् भने भिडियोको उत्पादन र बजारमा ल्याउने काम डि फोर क्रियशन युटबुब च्यानल मार्फत गरेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बुधबार, पुस १६, १५:१८