काठमाडौंः नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक रामजी खाँढ र गायिका शान्ति श्री परियारको आवाजमा रहेको ‘डाँको छोडी रुन बाँकी छ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

विष्णु लामिछानेको शब्द तथा गणेश सुनुवारको लय सिर्जनामा तयार पारिएको गीतमा प्रेम र विछोड को भावनालाई समेटिएको छ ।

मुकेश हुमागाईंको छायांकन, रमित ओलीको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा टेक विष्ट र गरीश्मा घिमिरेको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बिहीबार, मंसिर २६, १२:०२