काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् ।

संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले अदालतले आफ्नो दलका बारेमा बोलेको र त्यही गएर सोध्न भनेका हुन् ।

आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई जवाफ दिए । आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भन्ने अदालतले भनिसकेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’

आफूलाई प्रचण्ड–माधव समूहले नेकपाको साधारण सदस्यबाट निष्काशन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको बताए ।


। उनले अघि भने, ‘अदालतले भन्यो म कुन पार्टीको सदस्य हुँ ।’

‘देख्नै नसक्ने आँखा भएर के भयो रु कान भएर के भयो सुन्नै नसक्ने रु यो उनीहरुको जन्मँदैको समस्या पनि होइन । हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको भन्न, अब सर्वोच्च अदालतमा जानुस् सोध्न,’ उनले भने ।

प्रतिनिधिसभाको पहिलो बैठकमै नाराबाजी गरेको भन्दै प्रधानमन्त्री ओलीले चर्को आलोचना समेत गरे ।

उनले भने, ‘कोही बहिस्कार गरेका छन्, कोही नारा लगाएका छन् । पहिलो गाँसमै झिँगा परेको जस्तो भयो । प्रतिनिधिसभाको बैठकमा यस्तो पनि हुन्छ । कोही कुदेर बाहिर निस्किए, कता हिँडेका हुन् । के हतार हो ?’


प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, १६:४५