काठमाडौंः राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाको परिवारले बताएको छ । बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ ।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो ।

चिकित्सकको सल्लाहमा उनले अझै एक हप्तासम्म अस्पतालमा रही स्वास्थ्य उपचार गराउने बताईएको छ ।

यसैबीच भारतस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ ।


। घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डा रणवीर सुदले जानकारी दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ । नेपाली राजदूतावासले घिमिरेको स्वास्थ्यवस्थाबारे अस्पतालमा सम्पर्क गरी जानकारी लिने काम पनि गरिएको जनाएको छ ।