काठमाडौंः विगत केही हप्तादेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका ९९ वर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि दिल्लीको मेदान्त अस्पताल लगिएको छ ।

ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका राष्ट्रकविको दिशामा रगत देखिन थालेपछि ग्राण्डी अस्पतालमा ल्याइएको थियो तर रक्तश्राव नरोकिएपछि उनलाई सरकारी खर्चमा आज दिल्ली लगिएको हो ।

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएपछि अस्पतालमै भेट्न पुगेका प्रधानमन्त्री केपी ओलीले नेपालमा उपचार सम्भव नभए विदेश लगेर भएपनि उपचार गरिने र त्यसको सबै खर्च सरकारले बेहोर्ने बताएका थिए ।