काठमाण्डौं: भारतमा उपचार गराएर हिजोमात्र स्वदेश फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पताल भर्ना भएका छन् ।
घिमिरेलाई ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।
स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए ।
मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए । तर आज विहानै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook