काठमाडौं, जेठ २१: राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारका लागि फेरि भारत लगिएको छ । भारतको मेदान्त अस्पतालमा उपचार गरेर फर्किएका राष्ट्रकवि घिमिरे आइतबार पुनः अस्पताल भर्ना भएका थिए । घिमिरेलाई सोमबार फेरि उपचारका लागि भारत लगिएको छ ।

आइतबार राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भएको थियो । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरेलाई ९ जेठमा भारत लगिएको थियो ।