कालीकोटः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्रको हित विपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताएका छन् ।
नेपाली कांग्रेस कालीकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, “नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्नेबाहेक अन्य काम हुन सक्दैन।’’
नेता पौडेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै अहिले नेपाली कांग्रेस जनताका बीचमा गएर प्रजातान्त्रिक समाजवादको नारालाई व्यावहारिक रुप दिन लागिपर्न अनुरोधसमेत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वशान्ति तथा पुनः निर्माणमन्त्री हृदयराम थानीले नेपालमा कांग्रेसबाहेक अन्य कसैले विकास गर्न नसक्नेसमेत बताए ।
।
नेपाली कांग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले सिंहदरबारको अधिकार गाउँमा आउन नसकेको बताए ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook