काठमाडौंः जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले राष्ट्रघात क–कसले गऱ्यो त्यसको छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा आज बोल्दे महतोले यस्तो बताएका हुन् ।

उनले भने, ‘देशबेचुवा को हो नेपाली जनताले खोजिरहेको छ । कालापानी नेपालको नक्सामा थियो । कुन देशवेचुवाले देश बेच्यो । स्वतपत्र खै जारी गरेको ? टुँडिखेलमा खै देशद्रोहीलाई झुण्ड्याएको । महाकाली सन्धिमा समेत त्यो नदीको स्रोत उल्लेख छ । त्यो सन्धि कसले पारित गरायो । पार्टी पनि फोरेर पारित गराइयो । महाकाली सम्झौता गर्दा त्यो नदीको उद्गमस्थल कहाँ लुकाइयो ?’

नेता महतोले नक्सामा मात्रै राखेर गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।


। साथै उनले नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँदै कूटनीतिक तवरबाटै वार्ताको माहोल सिर्जना गरेर जमिन फिर्ता गर्न आग्रह गरेका छन् ।

उनले संविधानप्रति असन्तुष्टि रहेको भएपनि राष्ट्रियता र नेपालको भूमिको सवालमा सबै असन्तुष्टिलाई थाति राखेर समर्थन गर्ने जानकारी दिए ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १५:३५