काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

आज राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।

मानार्थ महारथी पाएपछि नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । उनीहरुबीच द्विपक्षीय सहयोगका विषयमा कुराकानी भएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १८:४८