काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् ।

निशान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ ।


। उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ ।

प्रतिनिधिसभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रियसभाले आज नै सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रियसभाबाट पारित भई पुनः प्रतिनिधिसभामा पुगेको विधेयकलाई आज नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएको थियो ।


प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, १९:३४