काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै दुवै अध्यादेश राष्ट्रपतिले खारेज गरेकी हुन् ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ अध्यादेश ल्याएको थियो ।

तर, पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १२, १८:५८