काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आगामी २३ गते बोलाएकी छन् ।

राष्ट्रपतिले दिउँसो ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाउकी हुन् ।

सरकारको सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन बोलाएकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

No description available.


प्रकाशित मितिः २०७७ साल फागुन १७ गते सोमबार, १८:०९