काठमाडौं : राजनीतिक सक्रियता बढाउन यसअघि उनले सांसदहरुसँग हात मिलाउने गरेकी थिइन् । राष्ट्रपति निवासमा शिष्टाचारका लागि गयका सबै विदेशी कूटनीतिज्ञहरुसँग पनि उनले हात मिलाउँथिन् ।

पछिल्लो समयमा राष्ट्रपतिको शिष्टाचार नीति परिवर्तन भएको हो रु यो प्रश्न राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका सांसदहरुको हो । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका सांसदहरुका अनुसार शिष्टाचारका लागि राष्ट्रपतिले औपचारिक रुपमा नमस्कार गर्ने गरेकी छन्।

राष्ट्रपति भण्डारीसँग भेट गरेका सांसदहरुले उनको शिष्टाचार नीति परिवर्तन भएको बताएका छन । उनीसँग शिष्टाचारका लागि नेपाली नागरिकले नमस्कार र विदेशीले हात मिलाउँछन् ।


। ‘राष्ट्रपति भण्डारीले पछिल्लो समय देखाएको शिष्टाचारले तत्कालीन नारायणहिटी दरबारको झल्को दिन्छ ।

यो गणतान्त्रिक राष्ट्रप्रमुखका लागि हाम्रो कल्पनाबाहिरको कुरा हो,’ नाम नखुलाउने सर्तमा एक सांसदले भने । आमजनताबाट आएका गुनासोलाई ध्यानमा राखेर राष्ट्रपति कार्यालयले शिष्टाचार नीति परिवर्तन गरे पनि जनताबाट चुनिएर आएका सांसदका लागि भने अप्ठ्यारो स्थिति उत्पन्न भएको छ । राष्ट्रपतिले निरंकुश राजाको कदम सुरु गर्न लागेको अनुमान गरिएको छ ।

राष्ट्रपतिको कुनै प्रकारको औपचारिक भ्रमणका अवधिमा सर्वसाधारण आधा घण्टासम्म ट्राफिक जाममा पर्नुपर्ने अवस्था छ। नागरिक दैनिकमा समाचार  छ।