ललितपुर: राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेकी छन् ।

ललितपुरको जवलाखेलमा रहेको रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी भएर भण्डारीले भोटोजात्रा अवलोकन गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुका साथैे जीवित देवी कुमारीको पनि दर्शन गरेकी छन् ।

देशका प्रमुख व्यक्तिलाई भोटो प्रर्दशन गर्ने प्रचलन अनुसार राष्ट्रपति भण्डारी भोटो अवलोकन गर्न पुगेकी हुन् । नेपालमा राष्ट्रपति प्रचलनमा आउनुपूर्व राजालाई रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन थियो ।