काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २० गते शुक्रबार, १५:५८