काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक बोलाएकी छन् ।
दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।
बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, ०६:५८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook