काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले पशुपतिनाथ मन्दिरमा राष्ट्रियगान गाएर आरती सुरु गर्नुपर्ने सरकारी नियमको विरोध जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथको आरतीअघि राष्ट्रिय गान गाउने प्रचलन ठीक नभएको बताएका हुन् ।

उनले भने, ‘केही दिन अगाडि पर्यटनमन्त्रीले पशुपतिमा आरती अगाडि राष्ट्रिय गान अनिवार्य बजाउन निर्देशन दिनुभएछ, त्यो सरासर गलत हो । पशुपतिमा आरती मात्र हुँदैन त्यहाँ दाहसत्कार गर्ने स्थान पनि हो । यसरी राष्ट्रियगान बज्दा दाहसंस्कार गर्दै गरेका पुत्र पुत्रीले उभिने कि नउभिने ? दाहसंस्कार गर्ने की ठिङ्ग उभिने ?’

राष्ट्रिय गानको आफ्नै मौलिकता छ नियम छ भन्दै उनले थपे, ‘पशुपतिनाथमा नेपाली नागरिकमात्र नभई विदेशी नागरिक पनि आउजाउ गरिरहने भन्दै उनले राष्ट्रियगान बज्दा विदेशी उभिएनन् भने के गर्ने ?।


। यसले राष्ट्रिय गानको अनादार हुन्छ ।’

‘मुस्लिम समूदायले नवाज पढ्छ के तिनीहरुलाई राष्ट्रिय गान बजाउ भन्ने ? यस्तो कुरा हुँदैन यसले हाम्रो संकार हराउँछ, यसले मौलिकता दिदैंन धर्म संस्कृतिको संवेदनशीलता ख्याल गर्नुपर्छ  ।’ प्रधानले  थपे ।

यस्तो निर्णयले राष्ट्रियगानको अनादर हुन्छ भन्दै सांसद प्रधानले पशुपतिनाथमा बजाउने निर्णयले राष्ट्रियगानको गरिमा नहुने समेत बताए । साथै उनले सरकारले पटक पटक विवादास्पद निर्णय गरिरहेको भन्दै उनले सरकारप्रति अनास्था पैदा हुने डर भएको अभिब्यक्ति दिए ।

 


प्रकाशित मितिः आइतबार, भदौ २२, १४:२४