काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन् ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच भागबन्डा गरेर उम्मेदवार तय गरिएको हो । उम्मेदवारी दर्ताका लागि आइतबारको मिति तय भइसकेको छ ।

पूर्वएमालेबाट ९ र पूर्वमाओवादीबाट ७ जना तय गरिएपछि सातै प्रदेशबाट आफ्नो अनुकूलका नेताको नाम प्रस्तुत गरिएको थियो ।

बिहीबार १६ जनाको नाम प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए ।


। ती नाममा अन्य नेता सहमत हुन नसकेपछि शुक्रबार केही नाम थपघट गरेर सचिवालय बैठकले पास गरेको हो । नेता वामदेव गौतम र ईश्वर पोखरेलले भने भाग पाएनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, पुस २०, ०७:४९