काठमाडौंः निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यहरुका निर्वाचनका लागि आज बुधबार तालिका प्रकाशन गरेको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।

१९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिन लागेपछि नयाँ सांसदहरुका लागि आगामी माघ ९ गते निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।

माघ ९ गते १८ जनाका लागि निर्वाचन हुनेछ र एकजना सरकारबाट मनोनित हुनेछ ।


७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।

यस्तो छ तालिकाः


प्रकाशित मितिः बुधबार, पुस २, १२:२३