काठमाडौंः राष्ट्रिय अनुसन्धान विभागका १० जना उप अनुसन्धान निर्देशक(एसपी) सहअनुसन्धान निर्देशक(एसएसपी)मा बढुवा भएका छन्। आइतबारको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गरेको हो।

बढुवा हुनेहरुमा शरदबन्धु डिसी, भिमबहादुर बुढाथोकी, इन्द्रसिंह तामाङ, कृष्ण खनाल, किशोर श्रेष्ठ, माधव तिमल्सिना, अजयसिंह हमाल, संजय यादब, ठाकुरचन्द्र केसी र यम पराजुलती छन्