काठमाडौँः राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ बहुमतले स्वीकृत भएको छ ।

संसदमा पेश भएको उक्त अध्यादेश बुधबार बहुमतले स्वीकृत भएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरलेले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश विधेयकलाई स्वीकृति दिन संसदमा प्रस्ताव गरेका थिए ।

अध्यादेशमा उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र ननिर्सङ क्याम्पस खोल्न नपाइने लगायतका व्यवस्था रहेको छ।

डा. गोविन्द केसी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने मागगर्दै विभिन्न समयमा अनशन बस्दै आएका थिए ।