कैलालीः कैलालीमा राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ छबिस पाथिभरा गाउँपालिका–५ बस्ने ३४ वर्षीय प्रविण धामी रहेका छन् ।

जिल्ला अदालत बझाङको ७ दिने र ३५ दिने म्याद समेत गुजारी फरार रहेका धामीलाई कैलाली धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, १७:०२