काठमाडौंः एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ ।

यस खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ ।

फागुन १ गते सुरु भई फागुन ३० सम्म सञ्चालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं. १, २ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाईनेछ । त्यसैगरी दोस्रो चरण चैत्र १ गतेदेखि चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ, जुन चरणमा बाँकी प्रदेशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाईनेछ ।


। यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, ०७:२५