काठमाडौं: राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका सिईओ युवराज भुसाल पदबाट हटाइएपछि प्रधानमन्त्रीलाई भेट गरि विदा भएका छन् ।

सिईओ भुसाल लगायत पदाधिकारीहरु पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकमा सहभागी हुन विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको थिए।

भुसाललाई हिजो रातीको मन्त्रिपरिषद् बैठकले हटाएको थियो तर उनलाई जानकारी नहुँदा बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए । बालुवाटारमा रहेका कर्मचारीहरुले तपाईलाई हटाउने निर्णय भइसकेको छ भन्ने थाहा पाएपश्चात उनी प्रधानमन्त्रीलाई भेटेर फर्किएका हुन् ।

सिईयो भुसाल झण्डै ९ महिना प्राधिकरणमा रहेर काम गरेका थिए र उनलाई देउवा सरकारले नियुक्ति गरेको थियो ।