राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको निधन







काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको निधन भएको छ।

लामो समयदेखि अस्वस्थ रहेका मणी पित्तथैली र कलेजोको समस्याबाट पीडित थिए । उनलाई हिँजो साँझ नर्भिक अस्पतालमा भर्ना गरि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोले थियो ।

५१ वर्षीय शाहको शाह नेपाली फुटबलको उत्कृष्ट मिडफिल्डर हुन् । सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका छन्।

शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए। सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको


महत्वपूर्ण सदस्य रुपमा रहेका थिए।

शाहको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोर्ने निर्णय गरेको छ।




ताजा समाचार


विशेष समाचार