काठमाडौंः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले बिहीबार शर्मालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

अध्यक्षमा चयन गरेसँगै बिहीबार नै नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाइएको छ ।

यसअघि बैंक सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्त गर्ने गरी सरकारको तयारी थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई अध्यक्ष बनाउन लागेकोमा व्यापक विरोध भएपछि सरकार पछि हटेको छ ।

स्रोतका अनुसार कोइरालालाई अध्यक्ष बनाउने विषयमा विवाद देखिएपछि शर्मालाई अध्यक्ष बनाइएको हो ।



प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, १२:४२