काठमाडौंः नेपाली कांग्रेसले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकमा सरिता प्रसाईलाई मनोनित गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट दलको प्रमुख सचेतकमा मंगलबार प्रसाईलाई मनोनित गरेका हुन् ।

कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी प्रसाई पूर्व कृषि राज्यमन्त्री पनि हुन्।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे यसअघि नै मनोनित भइसकेका छन्।