काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिँउसो १ बजे बस्ने बैठकमा ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, ११:५०