काठमाडौंः नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ ।

कोभिड–१९ को जोखिम उच्च भएकाले भीड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको भन्दै राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको बैंकले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए ।

यद्दपी आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।

राष्ट्र बैंकले हरेक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो ।



प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १६:१४