काठमाडौं: मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७३-०७४ मा घाटामा गएको छ । लगातार अघिल्ला ४ आर्थिक वर्ष नाफामा गएको राष्ट्र बैंक ठूलो घाटामा गएको देखिएपछि महालेखा परीक्षकको कार्यालयले यतातर्फ ध्यान केन्द्रित गर्दै आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्र बैकले प्रस्तुत गरेको तथ्यांक अनुसार सो आवमा ७ अर्ब ५० करोड घाटा व्यहोरेको छ ।

हुन त राष्ट्र बैक नापामूलक संस्था होइन, यो मुलुको समग्र वित्तीय क्षेत्रको नियामक निकाय हो तर यसले विभिन्न रूपमा आफ्नो कारोबार अघि बढाइरहने हुनाले घाटामा जानुपर्ने अवस्था प्रायः रहन्न ।

आर्थिक वर्ष २०६९-७० मा२३ अर्ब १७ करोड नाफा गरेकोमा २०७१-७२ मा १२ अर्ब ७ करोड मात्र नाफा आर्जन गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।


। २०७२-७३ मा ३७ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको बैंकले २०७३-७४ मा भने ७ अर्ब ५० करोड नोक्सानी व्यहोरेको छ ।
राष्ट्र बैंकले गरेको नाफाको केही प्रतिशत सरकारले प्रयोग गर्छ ।

घाटामा जानुका कारण

गत आर्थिक वर्ष राष्ट्र बैंकले सुनचाँदी कारोबारमा ३ अर्ब ८७ करो घाटा व्यहोरको छ भने सर्वाधिक घाटा विदेशी विनिमय पुनर्मूल्यांकनमा व्यहोर्न पुगेको छ । विदेशी विनिमय पुनर्मूल्यांकनमा २२ अर्ब ८३ करोड नोक्सानी व्यहोर्नु परेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । आन्तरिक बजारमा राष्ट्र बैंकले गरेका विभिन्न प्रकारका लगानीमा भने नाफा प्राप्त गरेको छ । यो सबैलाई समायोजन गर्दा मात्र कुल घाटा कम हुन पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको मुख्य उद्देश्य देशको समग्र व्यापारको मूल्य स्तरलाई सन्तुलनमा राख्ने, विनिमय दर व्यवस्थापन र वित्तीय प्रणालीमा स्थिरता ल्याउनु हो । यस्ता उद्देश्य प्राप्त गर्न बजारमा हस्तक्षेप गर्नुपर्ने हुँदा राष्ट्र बैंकलाई घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ ।