काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्ना कार्यकर्ताहरुलाई राहत सामाग्री लिएर बाढी–पहिरो प्रभावित क्षेत्रहरुमा खटिन निर्देशन दिएको छ ।

महासचिव भुपेन्द्रजंग शाहीले प्रेस वक्तव्य जारी गरेर बिपतको घडीमा मदत, उद्दार र राहात प्रदान गर्न बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल पुग्न निर्देशन दिएका हुन् ।

शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ। ‘‘तरुण दल केन्द्रीय समितिको तर्फबाट सम्पूर्ण जिल्ला, क्षेत्र, नगर, गाउँ र वडा तहका सम्पूर्ण तरुण साथीहरुलाई आफ्नो मातृभूमी प्रतिको कर्तव्य सम्झेर सवैभन्दा एक कदम अगाडि तरुणको झण्डासँगै राहत सामाग्री बोकेर बाढी–पहिरो पीडित क्षेत्रमा तत्काल पुग्न सबैमा अपिल गर्दछु ।


।’’