काठमाण्डौं: च्याम्पियन्स लिग फाइनल अन्तर्गत आज मध्यरातमा रियल म्याड्रिड र लिभरपुल बीच खेल हुँदैछ। नेपाली समय अनुसार मध्यरातको साढे बाह्र बजे हुने खेल युक्रेनको राजधानी केईभमा हुन लागेको हो। बाह्रौं पटक च्याम्पियन्स लिग बिजेता रियल म्याड्रिड र पाँचौ पटक उपाधिका बिजेता लिभरपुल बीच निकै नै कडा प्रतिस्पर्धा हुने देखिन्छ।

लिभरपुलका मोहम्मद सलाह र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोको प्रदर्शनमा खेलको निर्णय हुने फुटबल विज्ञहरुको भनाई छ। रोनाल्डोले अहिलेसम्म १५ गोल गरि यो सिजनको च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले पछिल्लो पाँच सिजनमा गोल्डेन बल जितिसकेका छन् र यो सिजनमा पनि यो उपाधि हासिल गर्ने लयमा देखिएका छन्।