काठमाडौंः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियलले इबरमाथि ३–१ को सहज जित निकालेको हो ।

रियलका लागि टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । यस्तै, इबरका लागि पेड्रो बिगासले एक गोल गरे ।

खेलको चौंथो मिनेटमा क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । ६० औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीको हार जोगाउन सकेनन् ।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ ।


। बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ । बार्सिलोनाको ६१ अंक रहेको छ ।

पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः सोमबार, असार १, २०७७, ०६:४७