काठमाडौंः स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड घरेलु मैदानम पराजित भएको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिड घरेलु मैदानमा डिपोर्टिभो अलाभेससँग २–१ ले पराजित भएको हो ।
अलाभेसका लागि लुकास परेज र जोसेलुले एक एक गोल गरे । यस्तै, रियलका लागि कासिमिरोले एक गोल गरे ।
खेलको पाँचौ मिनेटमा लुकास परेजले पेनाल्टीमा गोल गर्दै अलाभेसलाई अग्रता दिलाएका थिए । त्यस्तै, ४९ औं मिनेटमा जोसेलुले गोल गर्दै अलाभेसलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८६ औं मिनेटमा कासिमिरोले एक गोल फर्काए पनि रियल २–१ ले पराजित भयो ।
जितसँगै अलाभेस १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।
। रियल १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १०:३०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook