एजेन्सीः रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको जितमा लुकास भाजकेज र मार्कोस एसेन्सियोले एक एक गोल गरेका थिए ।

शीर्ष स्थानको रियलले ३६ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिकोको ३५ अंक छ । यद्यपि एट्लेटिकोले रियल भन्दा तीन खेल कम खेलेको छ । सेल्टा भियो २३ अंकसहित आठौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः १९ पुस २०७७, आइतबार, ०७:४५