सपेन: रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानको अप्रत्याशित रुपमा राजीनामा घोषणा गरेका हुन् । ४५ वर्षीय जिदानले साण्टियागो बेर्नबेउ रंगशालमा भएको पत्रकार सम्मेलनमा अप्रत्याशित रुपमा राजीनामाको घोषणा गरेका हुन् । क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल म्याड्रिडलाई उपाधि जिताएका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय गरेका हुन् । सन २०१६ मा रियलको प्रशिक्षक भएर म्याड्रिड आएका जिदानले २०१६–१७ को ला लिगा तथा लगातार ३ पल्ट च्याम्पियन्स लिग जिताएका थिए ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेनतिनो पेरेज़ले जिदानको राजिनामा अप्रत्याशित भएको बताएका छन् ।


। उनले च्याम्पियन्स लिग जिते पछि प्रशिक्षकबाट यस्तो निर्णयको घोषणा हुनु अप्रत्याशित भएको बताएका छन् । सामाजिक संजालमा उनको कार्यको समर्थन गर्दै विभिन्न प्रकारका पोस्टहरु आइरहेका छन् ।