काठमाडौंः स्पेनिस ला लिगामा रियल म्याड्रिडकोले सहज जित निकालेको छ ।

बिहीबार रातिको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ३–० को सहज जित निकालेको हो ।

रियलका लागि करीम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे ।

खेलको ६१ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाए । ८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे ।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ ।


। भ्यालेन्सिया भने २९ खेलमा ४३ अंकसहित आठौं स्थानमा यथावत छ ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, ०६:४७