रुकुमः रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा भएको छ ।

दुर्घटनामा परि ९ जना घाइते भएका छन । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाइते हुनेहरुमा २५ वर्षीय समुद्रा ऐरी, २० वर्षीय दीपक देवकोटा, ४० वर्षीय अमर थापा, ३० वर्षीय दिलीपकुमार पुन, ५५ वर्षीया पुतला ऐरी, २३ वर्षीय नारायण गौतम, ३० वर्षीय अजित ऐरी, ५१ वर्षीया सुधाकुमारी शर्मा र ठेगाना नखुलेका १ जना गरि ९ जना घाइते भएका हुन् ।

घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ ।


। तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए