काठमाडौंः नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जस्टिस एण्ड राईट्स ईन्स्टिच्युट्स (जुरी नेपाल) ले रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका–८, सोती गाउँमा भएको (सोती नरसंहार) सामुहिक हत्या काण्डको स्थलगत अध्ययन प्रतिवेदन, २०७७ सार्वजनिक गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

घटनाको स्थलगत अध्ययन टोलीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास वि.क. (संयोजक), राष्ट्रिय सभा सदस्य नरपति लोहार (सदस्य), दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपाली (सदस्य), जुरी नेपालका प्रतिनिधि सुन्दर बहादुर सेनी (सदस्य) र दलित नागरिक समाजका अधिकारकर्मी देउमल तिरुवा (सदस्य) सहभागी थिए ।


त्यस्तै, जाजरकोट जिल्लाबाट अध्ययन टोलीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जाजरकोटका जिल्ला अध्यक्ष मान बहादुर सुनार र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जाजरकोटका परियोजना संयोजक धनमल वि.क. सहभागी थिए । टोलीले जेठ २४ गतेदेखि जेठ २९ गतेसम्म स्थलगत अध्ययन गरेको थियो ।

टोलीले घटना स्थलको प्रत्यक्ष अवलोकन गरेको, घटनाका प्रत्यक्षदर्शीसंगको अन्तरवार्ता लिएको र घटनामा संलग्न घाइतेसंग अन्तरर्वाता लिएको थियो । त्यस्तै, घटनामा मृत्यु भएकाका नातेदारहरुसंग अन्तरवार्ता लिएको र स्थानीय तह थानीय प्रशासन प्रहरी, नागरिक समाज सरोकारवाला निकायहरुसंगको अन्तरवार्ता लिएको र घटनाका तथ्यहरुको अवलोकन गरि प्रतिवेदन तयार गरेर सार्वजनिक गरेको जनाएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोकचन्द्र विश्वास बिश्वकर्मा, जस्टिस एण्ड राईट्स ईन्स्टिच्यूट्स (जुरी नेपाल) का प्रतिनिधि अधिवक्ता सुन्दरबहादुर सेनी
पत्रकार सम्मेलनमा दलित नागरिक समाजका संयोजक मोति नेपाली, नेकपाका राष्ट्रियसभा सदस्य नरपति लोहार, पूर्वमन्त्री जितु गौतम, बरिष्ठ मानवअधिकारकर्मी गणेश बिश्वकर्मा, नेपाल दलित महिला उत्थान केन्द्रका अध्यक्ष राजन बि.क. र बरिष्ठ अधिवक्ता डा. दिनेशमणि त्रिपाठीले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरुले यो घट्नमा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरे । डा. त्रिपाठीले कानूनको दृष्टिमा उक्त घट्ना जघन्य अपराध भएको स्पष्ट पारे । र, उक्त हत्यामा जनप्रतिनिधिहरुसमेत सामेल भएको उनको भनाई छ । उनले भने,‘जनप्रतिनिधिको काम हत्या गर्ने होईन, उनीहरुको काम जातीय भेदभावलाई बढावा दिने होईन् ।’

योजनावद्ध तवरले चारैतिर घेराहाली भाग्न नदिई लखेटि लखेटि कुटी कुटी क्रुर निर्ममतापूर्वक ६ जनाको जघन्य नरसंहार गरेको देखिएको टोलीले निश्कर्ष निकालेको छ । प्रतिवेदनको निश्कर्षमा भनिएको छ,‘मिति २०७७÷२÷१० गते सुस्मा मल्लले नवराजलाई साथी लिएर आउनु भनी वोलाएकै कारण १८ जना साथीहरु सहित उनी बेहुली लिन गएका र केटीको घरमा नपुग्दै सुष्मा मल्लकी आमाले त डुम अस्तीको कुटाईले पुगेन रहेछ आज नमारी छाडदिन भन्दै वडा अध्यक्ष डम्वर मल्ल सहित गाउँका सबै मान्छेहरुलाई वोलाई घरेलु हात हतियार लाठ्ठी ढुंगा मुढा प्रयोग गरि ६ जनालाई हत्या गरेको र बाँकि १२ जनालाई समेत मार्ने गरी कुटपिट गर्दागर्दै प्रहरी आई पुगेकोले १२ जनाको ज्यान बचेको हो ।’

निश्कर्षमा थप भनिएको छ,‘घट्नामा संलग्न मृतकका आफन्त, घाइतेको बयान, घटनाका प्रत्यक्षदर्शी लगायतका भनाई अनुसार वडा अध्यक्ष डम्वर मल्ल र केटीका बुबा आमा र आफन्तहरु र वडा अध्यक्षको योजना अनुसार सुस्मा मल्लका परिवारले नवराज विश्वकर्मा तल्लो जातीको हो र यसलाई कुनै हालतमा सुष्मा मल्ललाई विवाह गरिदिनु हुँदैन भन्ने सोचका कारण योजनावद्ध तवरले चारै तिर घेराहाली भाग्न नदिई लखेटि लखेटि कुटी कुटी क्रुर निर्मम्तापूर्वक ६ जनाको जघन्य नरसंहार गरेको देखिन्छ । सयौं जनाको हुल आएको देखि ज्यान जोगाउन भागेका बालक र युवाहरुलाई प्रहरी बोलाई जिम्मा लगाईदिएको भए कसैको पनि ज्यान जाने थिएन र घाईते पनि हुने थिएनन् । नवराजसंग गएका १८ जनाले कसैलाई पनि प्रतिकार गरेर घाईते नबनाएको घटनाको स्थलगत अध्ययनले स्पष्ट पारेकोछ । सोतीगाउँको घटनाको अवस्था बुझ्दा क्रुर, आततायी, अमानवीय, जातिय नरसंहार सामुहिक हत्या भएको ।’

टोलीले दलित समुदाय प्रति घट्ने जातिय विभेद तथा छुवाछूत भेदभावका घटनामा बृद्धि हुँदै गईरहेको अवस्थालाई मध्येनजर गरी जातिय विभेद तथा छुवाछूत भेदभाव कसूर र सजाय ऐन २०६८ र मुलुकी अपराध (संहिता) २०७४ लाई तत्काल संसोधन गरी जातिय विभेद तथा छुवाछूत भेदभाव गर्नेलाई सजायको दायरा बढाई कम्तीमा १ बर्ष देखि १० बर्ष सम्म कैद र पचास हजार देखि पच्चिसलाख सम्म दुबै दण्ड सजाय हुने अनिवार्य व्यवस्था गरिनु पर्ने सुझाव दिएको छ ।

त्यस्तै, जातिय विभेद र छुवाछूतबाट सृजित हत्या, सामुहिक हत्या र नरसंहारलाई थप सर्वस्व सहित जन्मकैदको दण्ड सजाय गर्ने व्यवस्था हुनु पर्नेपनि टोलीको सुझाव छ । सरकारी तथा गैर सरकारी निकायमा कार्यरत कर्मचारी र सबै तहका जनप्रतिनिधिहरुले जातिय विभेद तथा छुवाछूत भेदभाव गरेमा सामान्य व्यक्तीलाई हुने सजायको थप दोब्बर सजायहुने व्यवस्था गरिनु पर्ने र विभेदका विरुद्ध नेपाल सरकारले सबै तह, निकाय र सबै समुदायमा अनिवार्य जनचेतना कार्यक्रम संचालन गर्नुपर्ने पनि टोलीको अर्को सुझाव छ ।

रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८, सोती गाउँमा भएको (सोती नरसंहार) सामुहिक हत्या काण्डको स्थलगत अध्ययन प्रतिवेदन,२०७७

घटनास्थल चौरजहारी नगरपालिका वार्ड नं.८, सोती गाउँ
मिति २०७७ जेठ २४ देखि २९ गते सम्म
रुकुम पश्चिम जिल्लाको चौरजहारी न.पा.वडा नं.८, सोती गाउँमा भएको (सोती नरसंहार) सामुहिक हत्या काण्डको सत्य तथ्य स्थलगत अध्ययन प्रतिवेदन
घटनाको नाम : रुकुम पश्चिम (सोती नरसंहार) सामुहिक हत्याकाण्ड
घटनाको प्रकृति : जातीय विभेद तथा छुवाछुत भेदभाव र नरसंहार सामुहिक हत्या कर्तव्य ज्यान
घटनाको विषयः जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.४, रानागाउँ वस्ने नवराज वि.क. र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.८, सोती गाउँमा वस्ने सुष्मा मल्ल बीच २ बर्ष देखि अन्तरजातीय प्रेम सम्वन्ध भई सुष्माले फोनबाट “मलाई अन्तै विहे गरिदिने कुरा भएको छ १० जना भन्दा बढी साथीहरु सहित मलाई लिन आऊ” भनी बोलाएर बेहुली लिन जाँदा करिब दुई सय जना भन्दा बढि मानिसहरुको समुहले नियोजित ढंगले आक्रमण गरी हत्या गरिएको ।
घटना मिति : २०७७-०२-१० गते शनिबार साँझ करिब ५ः३० बजे
घटनाको स्थलगत अध्ययन टोलीको नामावलीः
क्र.सं नाम पद सस्था
१. अधिवक्ता–श्री त्रिलोक चन्द विश्वास वि.क. संयोजक÷राष्ट्रिय अध्यक्ष नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ
२. मा.श्री नरपति लोहार सदस्य÷सदस्य राष्ट्रिय सभा
३. श्री मोतीलाल नेपाली सदस्य÷अध्यक्ष दलित नागरिक समाज
४. अधिबक्ता–श्री सुन्दर बहादुर सेनी सदस्य÷प्रतिनिधि जुरी नेपाल
५ श्री देउमल तिरुवा सदस्य÷अधिकारकर्मी दलित नागरिक समाज

जाजरकोट जिल्लाबाट टोलीमा सहभागिः
६. श्री मान बहादुर सुनार जिल्ला अध्यक्ष नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जाजरकोट
७. श्री धनमल वि.क. परियोजना संयोजक नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,
जाजरकोट

घटना स्थलको विवरणः
कर्णाली प्रदेशको रुकुम जिल्ला को ६ वटा स्थानीय तह मध्ये चौरजहारी नगरपालिका वडा नं.८, सोती गाउँ मुख्य घटना स्थल हो । यो गाउँ जाजरकोट जिल्ला भेरी नगरपालिकाको पुर्व पट्टी रहेको छ । भेरी नदिले सिमाना छुटयाएको यस गाउँ जाजरकोटको सदरमुकाम खलंगा वजार देखि अन्दाजी १० कि.मी पुर्व पट्टी रहको छ । यस गाउँमा मल्ल ठकुरी, पुन मगर र घर्ती मगरको मुख्य वसोवास रहेको छ भने केही दलित तथा अन्य जातजातीको समेत बसोवास रहेको छ ।
भ्रमण मितिः २०७७-०२-२४ देखि २९ गते सम्म
स्थलगत अध्ययनको उद्देश्यहरुः
कर्णाली प्रदेशको रुकुम जिल्ला पश्चिम चौरजहारी नगरपालिका ८ मा बसोवास गर्ने सुस्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका वसोवास गर्ने राना गाउका नवराज विक विच भएको प्रेम सम्वध का कारण २०७७ साल जेष्ठ १० गते सुस्मा मल्ललाई लिन जाने क्रममा नवराज मल्ल सहित उनका साथीहरु टिकाराम सुनार, गणेश वुढामगर, लोकेन्द्र सुनार, सन्जु वि.क र गोविन्द शाहीको हत्या गरियो । यस घटनाको सत्य तथ्य छानविन गरि घटनाका पिडीतहरुलाई न्याय दिलाउन सहयोग गर्न घटना अध्ययनको मुख्य उद्देष्य रहेको छ ।
घटना स्थल अध्ययन विधि र तरीकाहरुः
 घटना स्थलको प्रत्यक्ष अवलोकन
 घटनाका प्रत्यक्षदर्शीसंगको अन्तरवार्ता
 घटनामा संलग्न घाइतेसंग अन्तरर्वाता
 घटनामा मृत्यु भएकाका नातेदार हरु संग अन्तरवार्ता
 स्थानीय तह स्थानीय प्रशासन प्रहरी, नागरिक समाज सरोकारवाला निकायहरुसंगको अन्तरवार्ता
 घटनाका तथ्यहरुको अवलोकन
 प्रतिवेदन तयारी र सार्वजनिक गर्ने
घटनाको पृष्ठभुमीः
भेरी नगरपालिका वडा नं.४, रानागाउँ वस्ने नवराज वि.क. र चौरजहारी नगरपालिका वडा नं.८, सोतीगाउँ वस्ने सुष्मा मल्ल बीच २०७५ साल पौष महिना देखि प्रेम सम्बन्ध सुरु भएको थियो । नवराज भेरी नगरपालिका वडा नं.११ कुदु मा भएको शिल्डकपको एक भलिबल खेलाडिको रुपमा गएका थिए । सोही समयमा चौरजहारी बजारमा सुस्मा कक्षा ९ को टिउसन कक्षा पढ्दै थिइन भने आफ्नो प्रेमी भेट्न कुदु पुगिन । खेल सकिए पछि अरु साथीहरुसंग सुष्मा र नवराज खलागांमा नवराजको घरमा साँझ बास वस्न पुगे र ३ दिन सम्म नवराजको घरमा वसेकी थिईन । सुष्मालाई नवराजको बुवा मुन लाल नेपालीले र उनकी आमा उर्मिला नेपालीले सोधपुछ गरे तिमि कस्को छोरी हौ? भन्दा म चौरजहारी नगरापालिका वडा नं. ८, सोतीगाउँ घर भएको विर बहादुर मल्ल र प्रकाशी मल्लको छोरी हुँ भनेकी थिईन् । हो त्यसो भए तिम्रो र हाम्रो जात नै मिल्दैन तिमि ठकुरीको छोरी हामी दलित त्यसैले नानी बुवा आमाले गालि गर्लान हामी तिमिलाई अव देखि यस्तो नगर है भन्दा सुष्माले भन्छिन् “हामी एकले अर्कोलाई धेरै माया गर्छौ, त्यसैले म भेटघाट गर्न घरमै आएको हो । अंकल अण्टीले त्यसो नसोच्नु होला म नवराजलाई भेट्न पटक पटक आइरहन्छु । हामिले अहिले सानो उमेरमा विवाह गर्न मिल्दैन ८ बर्ष पछि विवाह गर्ने हो” भनेको थिईन् ।”
पुनः २०७६ पुष २९ गते नवराज वि.क.को अन्टी (काकी) को छोराको जन्म दिनको अवसरमा चौरजहारी–८ बाट काले गाउँको बाटो हुँदै सुष्मा आउनु भयो भने नवराज प्रेमिकालाई लिनकोलागि काले गाँउ सम्म गएका थियो । यसरी माया साट्ने सुष्मा नवराजको घरमा सोहि समयमा ४ दिन सम्म वसेकी थिईन् र सुष्मालाई फेरी पनि नवराजको बुवा आमाले भन्नु भयो सुष्मा तिमि त मल्ल ठकुरीको छोरी कसरी भोली विहान हामीलाई अप्ठ्यारो पर्ला भन्दा हामी ८ वर्ष पछि विवाह गर्छौ हजुरहरुले पीर गर्नु पर्दैन । म नवराज संग निरन्तर भेट गर्न नवराजको घरमा आउँछु र नवराज पनि मेरो घरमा जानु हुन्छ भनेकी थिईन् ।
२०७७ चैत्र १० गते नवराज २ जना साथीहरु सन्जु भन्ने सन्जिव वि.क. र सुदिप खड्कालाई लिएर सुष्माको घरमा गएका थिए । त्यहि दिन सुष्माको बुवा आमाले नवराजको विषयमा सोधपुछ गर्दा नवराजले आफ्नो वास्तविक परिचय आफ्नो घर ठेगाना, बुबा आमाको नाम थर सबै वताएका रहेछन् । त्यसपछि सुष्माको बुवा र आमाले वडा अध्यक्ष डम्बर बहादुर मल्लसंग कुरा राखेछन् र नवराज र उनका साथहिरुलाई कुटपिट गरी तिनै जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीमा थुनाएका रहेछन् । नवराज, सन्जु भन्ने सन्जिव वि.क. र सुदिप खड्कालाई प्रहरी चौकीमा वडा अध्यक्षको सिकायतमा पठाइयो । त्यहिवेला सुस्माका अकंल इन्द्र बहादुर मल्ल जो जाजरकोट भेरी नपा वडा नं. ४, खलंगा बजार नवराजको घर नजिक बस्ने छिमेकी स्थानिय व्यक्ति हुनुहुन्छ । उहाँले जाजरकोट प्रहरीलाई खबर गर्नु भएको रहेछ र नवराजको बुबा आमालाई तिम्रो छोरा दुईजना साथीहरु सहित मेरो भाईको घर सोती गाउँमा गई हातपात गरेको रहेछ । त्यो कहां छ? भनेर नवराजको घरमा प्रहरी सिआईवि टोली पठाई सोधपुछ केरकार गर्न लगाएको रहेछन् । तर नवराज भने सोती गाउँका वडा अध्यक्षको आदेश मार्फत प्रहरी इलाका कार्यालय, चौरजहारीमा बुझाइएको रहेछ । प्रहरीले फोन गरे पछि नवराजको आमा चौरजहारी प्रहरी कार्यालय गएर छोरा नवराज र २ जना साथिहरु समेतलाई लिएर आउनु भएको रहेछ ।
नवराज र सुष्मा को नियमित फोन र फेसबुकमा कुरा भैरहेको थियो । २०७७ जेठ ९ गते राती करिब १०ः०० बजे आमा ट्वाईलेट जाने बेलामा नवराजले सुष्मासंग स्पिकरमा राखी फोन गरेको सुन्दा सुष्माले तिम्रो बच्चा मेरो पेटमा छ भनेको र नवराजले मेरो वच्चा जुन तिम्रो पेटमा छ सुरक्षित राखिदिनु भनेको सुनेको भन्नु हुन्छ । सुष्माले नवराजलाई कम्तिमा १० जना सम्म साथिहरु लिएर आउनु, यहाँ जे पनि हुन सक्छ हामी सुरक्षित साथ जानु पर्छ भने पछि नवराजले म एक्लै आउँछु भन्दा सूष्माले फेरी पनि साथिहरु भनेपछि नवराजले जाजरकोट खलगां र केहि साथिहरु रुकुम चौरजहारीबाट गरी २० जना साथीहरु लगेर गएका थिए र विच बाटोबाट २ जना साथी चौरजहारी फर्किए पछि जम्मा १८ जना साथीहरु सहित केटी सुष्माको घरमा जानेक्रममा घरको अगाडी बाटोमा उकालो हिड्दै गर्दा तपाईहरु को हो कता जाने हो भन्दा केटाहरु हामी काँफल खान जाँदैछौ भन्दा सुस्माको आमा प्रकाशी मल्लले तँ डुम जाजरकोटबाट फेरी आईस् अस्तिको चोटले पुगेन आज त तँलाई नमारी छोड्दैनौं भन्दै वडा अध्यक्ष डम्बर बहादुर मल्ललाई फोन गर्नु भएछ र गाउलेहरु गुहारे पछि सबै केटाहरु डराएर यस्तो भन्छन् के बेहुली लाने जाऊ भनी फर्किएका रहेछन् र करिव १०० मिटर तल बाटोको ठुलो ढुंगामा बसी खाजाखाने सल्लाह गर्दै कालेगाउँमा गएर खाजा खाँउ भनेका रहेछन् । अचानक माथिबाट १०० औं जनाको हुल समुहले आँसी, घरेलु हात हतियार र ढुगांमुडा बर्साउन थालेपछि सबै केटाहरु आफ्नो ज्यान जोगाउन भागा भाग भएका रहेछन् र हुलले नवराजको टोलिलाई मध्यमार्ग ठुलो मोटर बाटो मुनी खेत बारीमा लखेटी हतियार र ढुंगाले हानी ६ जना क्रमश नवराज वि.क., टिकाराम सुनार, गणेश वुढामगर, लोकेन्द्र सुनार, सन्जिव (सन्जु) वि.क र गोविन्द शाहीको हत्या गरियो र बाकि १२ जना मध्ये ५ जना भेरी तरेर बीच वगरमा पुगेका बखत पारीबाट आएका २५ जना जतीले घेराहाली पिटेका र ७ जनालाई भेरी वारी नै २५ जना भन्दा बढिको समुहले बेहोस् हुने गरी पिटेको र तत्काल चौरजहारीबाट प्रहरी पुगेकोले ज्यान बचेको । तर प्रहरीले घाईतेहरु १२ जनालाई ईलाका प्रहरी कार्यालयमा लिएर गएको र सोही ठाउँमा भएका कुटपिट गर्ने अभियुक्तहरुलाई प्रहरीले घर घरमा जाउ भनी भनेको र वारदात स्थलबाट तत्काल पक्राउ नगरेको । १२ जना घाईतेहरुले हाम्रा ६ जना साथीहरुलाई हत्या गरेकाछन् खोजी गरि दिनुस् भन्दा प्रहरिले कुनै वासता नगरेको बुझिएको ।
मृतक नवराजको आमा उर्मीला नेपाली वि.क.को भनाईः
मिति २०७७-१-१७ गते प्रहरीले नवराज, सन्जिव र सुदिप वि.क.लाई ईलाका प्रहरी कार्यालय, चौरजहारीमा राखेको थियो । हामीलाई फोन आयो र हामी चौरजहारी प्रहरी चौकीमा लिन गएका थियौ । प्रहरीले हामीलाई यो कागजमा हस्ताक्षर गर्नुस् र छोराहरुलाई बुझेर लिएर जानुस् भनेकाले सही गरि दियौं र कागजमा के लेखिएकोछ पढेर सुनाएनन् । केटाहरुलाई लिएर आउदै थियौं बाटोमा वोहरा गाउँमा वस्ने आन्नद मल्लले यो पटक तिमिहरु बाँचेर आयौं अर्को पटक आउदा वोरामा हालेर भेरीमा फालिदिन्छौ भनी धम्की दिएका थिए । हामीलाई पहिले पनि केटीको आमा दाई सवैले नवराज वि.क, सन्जिव वि.क. र सुदिप खड्कालाई प्रहरी चौकीमा लगेर पिटेका थिए । हामी छोराहरुलाई लिनकोलागि नवराजको आमा उर्मीला नेपाली र काकी लक्ष्मी सुनार गएको थियौं । जि. प्र. का.मा वीर बहादुर मल्लले उजूरी गरेको रहेछन् भनेर प्रहरीले भन्नु भयो र हाम्रो घरमा प्रहरी आयो र हामी जि. प्र. का.मा गयौं । नवराज भाई तिमीलाई हाम्रो सावले जि.प्र.का.मा वोलाउनु भएको भनेर भन्नु भयो । हामी जि.प्र.का.मा गयौं र सुष्मा र उनको बुबा आमा, दाजु सवैले मोवाइल अफ गरेका थिए । नवराज भाई तपाईहरु नजिकै हुनुहुन्छ जति खेर बोलाउदा नी आउनु पर्छ भनेर पुलिसले भन्यो । पछि मैले छोरालाई सम्झाई बुझाई गरेको थिए । हामी दलित हो सानो जात हो । ठुलो जात मल्लको छोरी हामिलाई दिंदैनन् यस्तो नगर भनेर भनें । मैले नवराज सुत्दा खेरी कोठा बाहिरबाट ताल्चा मारि दिन्थें । केटीले जेठ ९ गते केटी र नवराज विच मैले फोनमा वोलेको सुने मेरो पेटमा तिम्रो वच्चा छ मलाई अन्तै अर्कै केटासंग विवाह गर्न लागेकाछन् । मलाई लिन आईज भनेको सुने मैले कस्को फोन भनेर सोधे साथीको फोन भन्यो मैले के हो यस्तो कुरा भन्दा होइन साथीको फोन हो त्यस्तो केही होइन भनेर मलाई भन्यो । जेठ १० गते विहान शनिवार हामी सवै घरमै थियौं विहान म कपडा धुन्छु त खाना वना भने खाना बनाएर कपाल काटेर आयो आज किन कपाल सपाल काटेर किन चिटिक्क परेर कता जान लागेको भने कंही जाने होइन कपाल काट्नु नि नहुने भनेर भन्यो । उस्को कपडाहरु सवै साथीहरुले लगि सकेका रहेछन् । सवै भाईहरु पनि गएछन्, दिउसो जहिले फेसवुक चलाउने गरथ्यो तल्लो घर तिर गयो होला भने दिउसो भाई कहाँ गयो भनेर छोरीहरुलाई सोधें लुगा पुरानो लगाएर गएको छ कंही जादैन फेसवुक चलाउन गएको होला भनेर भन्यो । तर सवैलाई बेहुली लिन जाने कुरा साथीहरुलाई थाहा रहेछ । दिउसो भरी फोन गरे फोन लागेन । ५ वजे तिर प्रभुका छोरा माईला भन्ने बल बहादुरको फोन बाट फोन गरे कहाँ छस् भनेर सोध्दा काफल खान आएको छु भन्यो र फेरी कहाँ छस् भनेर सोध्दा वेहुली लिन सोती आएको छु भन्यो । त्यस पछि मोवाइल अफ भयो । पछि इन्द्र बहादुर मल्लले मेरो नम्बरमा फोन गरे फोन छोरीले उठायो सोतीको घटनामा तिम्रो छोरा परेछन् कस्तो दुःख लाग्यो भने । तपाईहरुकै षडयन्त्र हो, के फोन गर्नुहुन्छ? भनें । उसलाई किन प्रहरीले समात्दैन मलाई अच्चम लागिरहेको छ । ईन्द्र मल्ल मेरो छोरा मरेको ३ दिन पछि मेरो घरमा आफै आएर मैले तिम्रा छोरामा त्यस्तो पाप गरेको रहेछु भने मेरो छोरा भन्न नपाम कसम खाएर भन्यो । १० गते साझ ७ बजे प्रहरीले तपाईहरुको छोरा पनि परेछन् भनेर हामी जि. प्र.का. गयांै जि प्र का मा जाँदा यो घटना पारी भएकोले रुकुम प्रहरीले हेर्छ भन्नु भयो र हामी लास खोज्न लाग्यौं ।
मृतक नवराजको बुबा मुनलाल नेपाली वि.क.ः
नवराजले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघबाट छात्रबृत्ति पाएर १२ कक्षा सम्म पढेको हो । प्रहरीमा भर्तीहुन लिखित परिक्षा पास गरेर बसेको थियो । पढाईमा राम्रो थियो र भलिबल खेलाडी पनि थियो । मंसीरमा खेल्न गएको । राम्रो खेलाडी देखेर सुष्मा पछी लागेर आएकी हुन् । मेरो कान्छी छोरी पनि सुष्माको उमेरको छिन् । मैले छोरीको साथी होला भन्ने सोचें र केही वास्ता पनि गरेको थिईन । पछि ढोका खोलेर हेर्दा खाटमा नवराज र सुष्मालाई संगै बसेको देखें र के हो? कहाँ हो? किन यसरी वसेको? भनेर सोधेको छोरीको साथी हौ की को हौ भनेर सोध्दा सुष्माले हैन अंकल म नवराजको साथी हो भनिन् । मैले घर कहाँ हो के हो? भनी सोध्दा मेरो घर चौरजहारी सोती गाउँ हो मेरो नाम सुष्मा मल्ल हो मेरो उमेर १७ वर्ष हो भनी सुस्माले भनिन् । मैले उमेर पनि भर्खरको रहेछ, जातभात पनि नमिल्ने रहेछ, उमेर पनि नपुगेको वाल विवाह लाग्छ, एक अर्कालाई मन पराउछौ भने उमेर पुगे पछि विवाह गर्न सक्छांै । मैले मात्र नभएर नवराजको आमा र दिदीहरुसमेतले नवराज र सुष्मा दुवैजनालाई सझाएका हौं । २०७६ पुस १२ देखी १६ गते सम्म रमाइलो मेला लाग्छ । त्यती वेला सुष्मा आएर मेरो घरमा सुस्मा र नवराज ५ दिन संगै वसेका हुन । ५ दिनको दिन संझाई वुझाई गरेर सुष्मालाई घरमा पठाएको हो । २०७७ वैशाख १७ गते सुष्माले बोलाएर नवराज सोती गएको थियो तर त्यहाँ सुष्माको बुबा आमा दाजु मिलेर नवराजलाई कुटपिट गरेर चौकीमा वुझाएको रहेछन् । यही वैशाखमा सूस्माको भाई आएर १ हप्ता वसेर गएकहुन् । सूष्माको भाईलाई पुर्याउन ४ जना साथीहरु गएका थिए । पहिला २ पटक दिदी सुष्मा आएर गएको पछि भाई मात्र एक्लै आएर १ हप्ता वसेको । भाईलाई पुर्याउन जाँदा सुष्माको ममीले यो डुम कति चोटी आउछ कतिचोटी यिनीहरुले फोन गर्छ भनेर हप्काइ दप्काइ र कुटपिट गरेको त्यतीवेला नवराजको गालामा चोट लागेको र नवराजको साथीको काँधमा चोट लागेको थियो ।

मृतक नवराजको दिदी सुनिता वि.क.को भनाईः

इन्द्र वहादुर मल्लले साँझ करिब ५ः३० वजे तिर आमाको मोवाइलमा फोन गर्नु भएको थियो । तिम्रो वुवाको मोवाइल नम्बर देउ भन्नु भयो र मैले किन दिने भनेर सोधें तिम्रो भाई घर पुग्यो भनेर सोध्नु भयो? किन मेरो भाई त घरमै छ त? भेनर भने होइन सोती १५ जना केटा लिएर आएको छ अरे भनेर भन्नु भयो मैले वुवा को मोवाइल नम्बर दिए अनि फोन काट्नु भयो ।

मृतक सन्जिव वि.क.को वुवा बलराम विश्वकर्माको (रिटायर्ड आर्मी) भनाईः

नवराज र सुष्माको २ वर्ष देखि प्रेम लब परेको केटी उसको भाई आउने बस्ने गरेको केटीले अर्को ठाउँमा बिहे गर्न लागे मलाई लिन आउ भनी बोलाईछ उस्तै उस्तै केटाहरु हामीलाई थाहै नदिई गएछन् । त्यस्तो होला भन्ने के थाहा । तिनीहरुलाई जातकै कारणले मारेका हुन् । त्यो ठाउँका मान्छेमा मानवताको व्यवहार रैनछ ठिक छ गल्ती गरेको भए कानुनको कठघरामा उभ्यानु पर्नेमा त्यसरी कुटी कुटी मारेछन् ।

मैले सवै लासको प्रकृति हेरेको छु ६ वटै लास खोलाबाट निकाल्दा म थिंए । मेरो छोरा सन्जीवको कपडा थिएन । जुता एउटा मात्र थियो । पेन्ट थिएन । टि र्सट माात्र थियो । सवैको शरीरमा निलडाम चोटपटक थियो । हातको मासु नै थिएन । गोविन्द शाहीको लास हेर्दा हातलाई डोरीले बाधेको थियो । सबैको पुरै टाउकोमा चोट छ कसैको लुगा छैन शरिर भरि चोटैचोट छ । भेरीमा बगेर भन्छन् पानीमा बगेको भए पानी खाने थिए शरिरमा पानी कंहि छैन । यो योजनावद्धले मारेछन् वडा अध्यक्ष आफै संलग्न छन् उसले गरेको छ सबै । किनभने केटाहरुलाई पानी खाएर जाउ भनेर गाउँकै मान्छेले भुलाएछ । वारी पारी सबै मान्छे जम्मा पारेछन् र कुटी कुटी मारेछन् । पानी परिरहेको थियो रातको ११ बजे नवराजको लास भेटेको । सन्जिवको टिसर्ट थिएन एउटा जुत्ता मात्र थियो लोकेन्द्र सुनारको हात बाधेको थियो सबैको टाउकोमा चोट लागेको थियो । सबै बर्खामा समेत उल्टो समेत पौडी खेल्न सक्थे हसिया खुकुरी केके ले हानेछ सबै चोटैचोट थियो । वडा अध्यक्ष जस्तो मान्छेले नियन्त्रण गरेर राख्न सक्थे प्रहरीकोमा पठाउन सक्थे । लकडाउनमा गएको भनेछ लकडाउन भनेर मान्छे मार्न पाईन्छ? दोषीलाई कडा भन्दा कडा कानुनको दायरामा ल्याउनुपर्यो जन्मकैद हुनुपर्यो । सरकार पक्षले यो मुद्दा किल्यर हेर्दिनुपर्यो । युटुबमा कता कता देखेको र किशोर नेपाल भन्नेले हामीलाई नभेटी बगे र केके भनेछन् यही भेरीमा हुर्केका बर्खामा उल्टो समेत पौडिन सक्नेले कसरी बगेर हुन्छ । पेटमा पानी हुन्थ्यो बगेको भए यो हत्या सबै जातीयताकै कारणले नै भएको हो । प्रहरी आएर १२ जना बचेका रहेछन लत्र सबैलाई मार्ने रहेछन् ।

मृतक सन्जिव वि.क.की आमा सविता वि.क.को भनाईः

मेरो छोरा हट्टा कट्टा थियो चारजना मिलेर नि मार्ने जस्तो थिएन आर्मी वन्छु भन्थ्यो आर्मी बनाउने ठूलो धोको थियो । घरको सबै काम गथ्र्यो आमा म पाल्छु पिर नगर भन्थ्यो । कहिल्यै काही जान्थेन साथीहरु मिलेर जाउ भन्यो होला गयो केही नराम्रो चिज सुपारी समेत खान्थेन ।

मृतक सन्जिव वि.क.की दिदी विजय वि.क.को भनाईः

मेरो भाई धेरै सिधा र अनुशासित थियो । दिदी तिमि भन्दा म ठुलो छु मलाई दाई भन भन्थ्यो । सबैलाई राम्रो गथर््यो । त्यो दिन हामिलाई थाहै नदिई साथीहरुको सल्लाहले बेहुली लिन भनेर गएछन् । सोती गाँउका मान्छेहरुले कुटी कुटी मारेछन् । केटाहरुले केही कसैलाई नराम्रो गरेका छैनन् । नवराज र सुष्माको अन्र्तजातिय प्रेम सम्बन्धको कारण तललो जाती भनेर मारेका हुन् सबैलाई ।

मृतक सन्जिव वि.क.की पत्नी सवीना वि.क.को भनाईः

मेरो पतिलाई सानै उमेरमा मारि दिए मेरो काखमा सानो छोरा छ । म एक्लो भएँ । मैले कसरी जिवन चलाउने दुःखछ । सासु ससुरा नभए मेरो अझै समस्या हुने थियो । मेरा लोग्ने सहित ६ जनालाई मार्नेलाइ जन्म कैद हुनु पर्दछ । हामिले न्याय पाउनु पर्दछ ।
मृतक सन्जिव वि.क.को भाई साहिल विक (१४ वर्ष) को भनाईः मेरो दाई सन्जिव राम्रो थियो । सबैसंग मिलनसार थियो । दाईको हत्या भए पछि मलाई पनि डर लाग्छ । हामिलाई पनि मार्छन कि भन्ने डरछ । मैले ल्ल्म्क्ध्इ बाट कक्षा ७ बाट छात्रवृति पाई पढिरहेको छु । मैले साईन्स बिषय लिएर पढ्ने बिचार छ । सबै अपराधीलाई कडा कार्वाही हुनु पर्छ ।

मृतक गणेश बुढा मगरको आमा राधिका बुढा मगरको भनाईः

म अहिले बोल्न सक्दिन । मेरो छोरालाई मारि दिए उस्ले के गल्ती गरेको थियो र? त्यो गाँउको मान्छेको मनमा धर्म रहेन्छ । मेरो छोराले अहिले सम्म कसैलाई पनि केही नराम्रो गरेको थिएन । साथीको बेहुली लिने भनेर गएको अरु केही गल्ती गरेका छैनन् अनाहकमा किन मारेका होलान् । तिनिहरुलाई जन्मकैद हुनु पर्दछ । हामिले न्याय पाउनु पर्छ ।

गणेशको दाजु भरत कुमार वुढामगरको भनाईः

भाई त्यो दिन कता गयो थाहा थिएन । साथी संग कतै गएको होला भनेर हामीले खासै ध्यान दिएनौं । भोली पल्ट नवराजको लास भेटिए पछि हामीले शंका गरेका थियौं । त्यहाँ फोन गर्यौं त्यहाँ भाईको नाम थिएन । पछि ५ जना फरार भएको भनेका थिए त्यसो भएपछि हामीले कहाँ लुकेर वसेको होला भनेर सोच्यौं तर ३ दिन पछि भाईको लास भेटियो । लासको प्रकृति हेर्दा शरिर भरि चोट लागेको थियो । हातमा मासु नै थिएन । लास खोज्ने क्रममा प्रहरीले समेत सहयोग नगरेकोले घटना सुनयोजित षडन्त्र देखिन्छ । शवको खोजिनीतिका लागि प्रहरी प्रशासनले सहयोग गरेन । स्थानीय युवाहरुले लास खोज्दा समेत त्यहा भएका डोरी चुटियो भने त्यसको जिम्मेवारी तिमीहरु हुन्छौ भनेकोले प्रहरी पनि षडयन्त्रमा संलग्न भएको थियो भन्ने लाग्छ हामिलाई । यो घटना हेर्दा ज्यादै सुनियोजित देखिन्छ । केटाहरु गाउमा जाँदा कोही नदेखिनु, सुनसान हुनु र पछि एक्कासी ठुलो हुल मान्छेहरु देखिनु सबैले हतियार र ढुंगा मुढा गरेर लखेटेर मार्नुले घटना सुनियोजित षडन्यत्र देखिन्छ ।

यस घटनामा उनीहरु पनि लडाई झगडा गर्ने हेतुले गएको भए उनीहरु पनि हात हतियार लिएर जाने थिए होला । एक दुई जनालाई मार्ने थिए, हान्ने थिए केही नभेटिएपनि ढुंगाले त जबन्न सक्ने थिए होला तर त्यस्तो केही प्रतिकार पनि गरेका थिएनन्, रोएर कराएर ज्यानको भिक मागेका थिए घाईतेले भनेर थाहा पायौं । हातखुट्टा समेत समातेर हामीलाई नर्मानुस भन्दा सहित मारेको आँखामा र मुखमा वालुवा लगाएर ढुगांले किचिकिचि मारेको रहेछ । अनुसन्धान टोली घटना हुने वित्तिकै तत्काल गाउँ नै नगएको र पछि मात्र गएको हो । सायद त्यतिखेर नै गएको भए केही हुन्थयो कि । एक दुई दिन को विचमा फरक फरक दिनमा लास भेरीमा फालेको छ किनकी कुनै पनि लास संगै भेटिएको छैन । त्यही खोलामा हामिले दिन दिनै खोज्दा शव नभेटिने र केही दिनको अन्तर र लास फरक फरक स्थानमा भेटिएको छ । गोविन्द शाहीको लास १० दिन पछि भेटिएको छ कपडामा रगत सुकेको भेटिएको छ । यस्तो लाशको प्रकृति हेर्दा मारेर बाहिर लुकाएर पछि खोलामा फालिदिए जस्तो लाग्छ ।

यस घटनाका सम्वन्धमा किशोर नेपाल भन्ने पत्रकारले यहाँ हाम्रो घरमा नआइकन पिडक पक्षको भनाई मात्र लिएर एकतर्फी भनाई सुनेर वास्तविक सत्य तथ्य प्रमाणको अध्ययन नगरीकन घटनालाई बङ्गयाउन खोजेको हो यस्तो अनरगल झुठा समाचार फैलाउनेलाई समेत कडा कारवाही हुनु पर्दछ । वडा अध्यक्ष डम्बर बहादुर मल्ल र सांसद जनार्धन शर्मा सहितको हात रहेको देखिन्छ । घटनामा वडा अध्यक्ष आफै आँसी घरेलु हतियार लिएर कुटपिटमा संलग्न हुनु र प्रहरीलाई आफैले बोलाउनु ले पनि यस घटनाको मुख्य अभियुक्त षडयन्त्रकारी वडा अध्यक्ष पनि रहेको प्रष्ट देखिन्छ ।

मृतक लोकेन्द्र सुनारको आमा लक्ष्मी सुनारको भनाईः

त्यो दिन दुईभाईको कुरा भएको रहेछ मलाई थाहा भएन । आमा जाजरकोट जान्छु भन्यो दाईले बोलाउनु भएकोछ भनेको मेबाईल रिचार्ज गर्ने ५० रुपैयाँ दिएँ । भोलिपल्ट मेरो दिदी नवराजको आमाले ७ः३० बजे तिर फोन गर्नुभयो र छोराहरुलाई मारेर भेरीमा फालिदिएछन् भन्नु भयो । मारेका छैनन् होला कुटपिट गरेकाहोलान् भने । मेरो छोरा भेरीमा पौडिन सिपालु थियो । छोरा आउँछ जस्तो लाग्यो । मैया ठकुरीको छोरी भएकोले दलितको छोरासंग विवाह गर्न लाग्यो भनेर मारेका हुन । जेठ १४ गते मेरो छोराको लाश भेटियो । मेरो छोराको दुबै हात बाँधेर फालिएको रहेछ लाश फर्काउदा एउटा हातको डोरी फुत्किएको रहेछ । । हात भाँचिएको, मुख, हात, टाउकोमा गहिरो चोट लागेको निलडाम बसेको । चोटले गर्दा अनुहार चिन्नै नसकिने अवस्थामा थियो । हाम्रा छोराहरु बेहुली भगाउन गएका हुन् अरु कुनै गल्ती गरेका छैनन् । हाम्रा छोराहरुलाई आँसी र बन्चरोले काटी काटी मारेकाछन् । सबैलाई जन्मकैद हुनु पर्दछ । कडा कार्वाही हुनु पर्दछ । हामिलाई पैसा दिएर मान्दैनौं ।

मृतक टिकाराम सुनारको बुबा सोभे नेपाली वि.क.को भनाईः

मेरो घर चौरजहारी न.पा.वडा नं.१, लामीछाने गाउँमा पर्दछ । हाम्रो घरमा ६ जनाको परिवार छ । घटना घट्नुको मुख्य कारण अनर््जातिय प्रेम सम्बन्ध हो । केटकिो आमाले डुम साले किन आईस भनेर गाली गरेको । साथीहरु भएकोले बेहुली लिन जाने भनेपछि गएका हुन् । टाउको फोडेको, शरिरको प्राय भागमा निलडाम भएको, पानी नखाएको पेट नफुलेको । मारेर फालेको हुनुपर्दछ । भेरीमा हामफालेर मरेका होईनन् । लाश पनि एक एक गरी फालेका छन् । दोषीलाई कानून बमोजम हदै सम्मको कडा कार्वाही हुनु पर्यो । मृतकहरुलाई सांसकृतिक रुपान्तरणका शहिद घोषण गरिनु पर्दछ । घाईते १२ जनालाई उपचार, काउन्सेलिङ्ग गरिनु पर्ने र सुरक्षाको कडा व्यवस्था गरिनु पर्ने ।

मृतक गोबिन्द शाहीको दाजु सन्देश शाहीको भनाईः

हाम्रो घर भेरी न.पा.वडा नं.११, मटेला हो । मेरो भाईको लाश विभत्स अवस्थामा थियो । टाउकोमा गंभिर चोट थिलो थिलो परेको, घांटी घुम्ने, हात भाँचिएको, दाँत भाँििचएको, टिसर्टमा रातो रगत जमेर सुकेको मुखमा बालुवा कोचेको, अन्डरपाईन्ट भित्र बालुवा भरिएको, अन्डकोष सुनिएको थियो । टिकारामको पनि टाउकोमा गंभिर चोट लागेको आलो रगत बगेको देखिन्थ्यो । सबै १८ जनालाई नै मार्ने नियतले खुकुरी, आँसी, बन्चरो, दाउरा, ढुंगा लिएर लखेटेर कुटी कुटी निर्ममतापुर्वक मारेकाछन् । लाश किन एकै दिनमा वा भोलि पल्ट भेटिएन हामिलाई शंका छ मारेर लुकाएर राखेर पटक पटक खोलामा फालिदिए जस्तो लाग्छ । किनभने हामि ५० जना जाजरकोछका साथीहरुले जेठ ११ गते देखि खोलाको तल माथि सबैतिर दिन दिनै खोजेका थियौं तर मेरो भाईको लाश १२ दिन पछि मात्रै पाईयो यो रहस्यमय छ । ति सबै अपराधीलाई जन्मकैदको कडा सजाय र कार्वाही हुनु पर्दछ ।

मृतक नवराजको साथी घाइते इन्द्रजंग शाहको भनाईः

हामीलाई नवराजले ७-८ दिन पहिला नै वेहुली लिन जानु पर्छ भनेर भनेको थियो । लल ठिकै छ जामला कि मर्दा खेरी चाहिने कि पर्दा खेरी चाहिने र्मदको जात भनेर हामी याँहा जाजकोटबाट ९ जना गएका थियौं । टिकारामलाई पछि फोन गर्यो र खलंगाबाट १० जना भयांै र मटेला तिरबाट पनि फोन गरेर बोलाएको रहेछ सबै जम्मा हुँदा २० जना भयौं । २ जना साथीहरु विच बाटो बाटै फर्के हामी १८ जना गयौं र केटीको घर नजिक मात्र पुगेका थियांै । केटीको आमाले हामीलाई डुम किन आईस तँलाई अस्तीको चोटले पुगेन तँलाई त आज नमारी छोड्दिन भन्दै कराउदै थिईन् । जातीय गाली गलौज गर्दै कराउदै र मोवाइलबाट वडा अध्यक्ष डम्वर बहादुर मल्ललाई ५ गाडी केटाहरु पठाइदे भनी रहेको थियो । त्यस पछि हामी पानी सानी खाँदै कपाल कोर्दै फर्कदै थियांै । मध्ये पहाडी लोक मार्ग माथि रहेको ठुलो ढुंगामा बसेर अब घर जाउ भोक पनि लाग्यो खाजा साजा खाउँ भन्दै बसिरहेका थियौ । एक्कासी मान्छेहरुको हुल आयो हामी सवै आ आफ्नो ज्यान जोगाउन भाग्दै दर्गुदै थियौं । हामि दगुर्दै सानो भेरी तिर आईरहेका थियौं, हामिलाई चारै तिरबाट घेरा हालि कतै भाग्ने बाटो नै दिएनन् । उनिहरु २०० भन्दा बढिको संख्यामा आएका थिए । हामीलाई कुट्न मार्न लागे पछि साथिहरुलाई पछि फर्केर हेर्दा नवराज सहित नजिकका साथिहरु ६ जना सबैलाई छोपेर कुटीकुटी मारे, उनीहरुलाई भेरीको किनार सम्म पुग्नै दिएनन् किनार नपुगी नै मारी हाले । हामीले हामीलाई नमार भन्दा नी वेहुला को हो आज नमारी छाड्दिन भन्दै कुटिरह्यो । हामीलाई पनि मारथ्यो होला तर प्रहरी आएर मात्र हामी बाँचेको हो प्रहरीलाई पनि नटेरी कुटेको कुट्यै थिए । प्रहरीले हामिलाई कुट्नेहरुलाई केही भनेन । हामि १२ जनालाई जम्मा गरेर ईलाका प्रहरी चौकीमा लग्यो । मिसन हस्पिटलमा लगेर भिडियो एक्सरा गरायो औषधी केही दिएन । हस्पिटलबाट चौकीमा लिएर थुनेर राख्यो । हामिलाई २÷२ हजार रुपैयाँ मागेर हाम्रो बुबा आमाले दिएर अस्पतालको पैसा तिर्यौं । अहिले सम्म हामी आफैले औसधी उपचार गरेका छौं । हाम्रो शरिर टाउको दुख्छ हामीलाई उपचार हुनु पर्दछ । हामी असुरक्षित छौ डर लाग्छ घटना संझिदा फेरी त्यसरीनै मार्न सक्छन् भन्ने डर लाग्छ । हामीलाई पछि पनि ज्यान मार्न सक्छन । हामी मानसिक रुपमा पनि विक्षिप्त छांै । निन्द्रा नि लाग्दैन झलझली घटनाको याद आउछ । अपराधीहरु सबैलाई जन्म कैद हुनुपर्छ ।

नवराजको सानी आमा लक्ष्मी सुनार र माईली आमा पुर्णिमा वि.क.को भनाईः

बैशाख १७ गते सुष्माको भाईलाई घर पुर्याउन सोती गाँउ गएका नवराज र २ जना साथीहरुलाई सुष्माको आफन्तले पिटेर चौर जहारी प्रहरीमा थुनेका रहेछन् । उर्मिला दिदिले केटाहरुलाई चौरजहारी पुलिसमा थुनेकाछन् लिन जाँउ भनेपछि हामिपनि गएका थियौं । केटाहरुलाई मुखमा चोटलागेको थियो के भएको भन्दा पिटेका हुन भने । तिमिहरुले केही गल्ती गर्यौ भन्दा केही गरेको छैनौं तंँ डुम किन आउछस् घरी घरी भनी बुबा आमा, दाजु मिलेर पिटेकाहुन् भन्थे । जातीको कारण केटाहरुलाई मारेका हुन् ।

किशोर नेपाल एउटा केश फुलेको मान्छे आएर जातीय विभेद होईन भन्नु भएछ । भेरीमा हाम फालेर मरेछन् किन भनेको हो? यहाँ आएर सान्तवना पनि दिएनन् । हामीलाई सोधेको पनि थिएनन् । भेरीमा हाम फालेको भए कसरी हात खुट्टा बाँधिन्थे, कसरी टाउको मा चोट लाग्थ्यो? उहाँले कसरी जातीय विभेद होईन भनेर किन भनेका हुन? किशार नेपालको छोरा छोरी, दिदी वहिनी यसरी मरेको भए कस्तो दुख हुन्थ्यो? बर्खामा पनि यी केटाहरु भेरी वारी पारी गर्दथे । खोलामा हामफालेको भए सजिलै पौडी खेलेर पारी तर्ने थिए । तर किशोर नेपाल जस्तो मान्छे ले कसरी यस्तो कुरा भनेका हुन? किशोर नेपाललाई पनि कार्वाही हुनु पर्छ । अन्दाजी जे मनलाग्यो त्यही बोल्नु हुँदैन हामि पिडितलाई धेरै दुःख लागेकोछ । किशोर नेपाललाई पनि कार्वाही हुनु पर्दछ ।

मृतक नवराजको भाई पर्ने गोबिन्द सुनार घटनाको घाइतेः

मेरो दाई नवराज लगायत ६ जनालाई उनीहरुले कुटेर मारे उनीहरुलाई भेरीको किनारमा आउन नपाई उतै मारे हामीलाई भेरीमा पक्रेर हामीलाई पुलिसले लिएर आयो कुटने मान्छेहरुलाई तिमीहरु सवै आ आफनो घर जाओ भन्यो । गोविन्द शाहीको हात भाँचिएको छ । दात भाँचिएको छ । मेरो दाइको लिङ्ग र अण्डकोष पुरै सुनिएको थियो । ईलाका प्रहरी चौकी चौरजहारीमा भोलिपल्ट हेर तिम्रो दाई मरेको फोटो भनेर नवराज मरेको फोटो देखाएका थिए । हामीलाई मारेकै भन्ने थाहा थियो । मेरो घर भेरी न.पा.वडा नं.११, मटेला हो । नवराजको घर रानागाउँ जाजरकोट हो । हामीलाई पुलिसले भिडियो एक्सरे गरायो । पैसा पनि हामीले २००० तिरेका छौं विल हामी संग छ । लोकेन्द्र सुनार ले हामीलाई वेहुली लिन जानु पर्छ भनेर म गएको थियो । केटीसंग नवराज को लभ २ वर्ष देखि भएको थियो । केटी केटाको घरमा ५ दिन वसेर गएकी थिई । जाजरकोटबाट नबराज सहित १० जना, मटेला बाट ३ जना र सोती देखि ३ जना गरेर १८ जनाको समुह भएर बेहुली लिन भनेर गएका थियौं । उनीहरु जादै गर्दा बेहुलीको आमा देखिनु भयो अनि उहाँले भन्नु भयो फेरी आयो यो डुम अस्तीको चोटले पुगेन आज त यसलाई नमारी छोडदिन भने पछि हामिले भन्यौं आन्टी हामी काफल खान आएको हौँ भनेर जादैँ थियौं अलि पर पुगे पछि एउटा घरमा एक जना केटाले रोक्न खोजेर पानी खाउ एक छिन बस भनेको थियो तर हामिहरु नाई खादैनम् हामी काफल खान आएका हौँ हामी घर जान्छम् भनेका थियौं त्यस पछि माथिबाट २५, ३० जनाको समुहले ढुङगा मुडा हाने पछि नवराज सहित ६ जना भागे र बाँकी हामी १२ जना रोडै रोडै ज्यान जोगाउन भाग्दै थियौं र दुई जना लाई समाते र कुटे जसमा डिल्ली बिक र महेश कार्की थिए । तल नबराज सहितको टोलीलाई ३०, ४० को समुहले कुटेर भेरी नदी नआउदै गायब बनाएका थिए । १० जनाको समुह सिस्नो झाङमा हाम्फालेर भागेको र त्यसमध्ये ५ जना सानो भेरी तरेर पारी बीच बगरमा पुगेकोमा त्याँही २५ जना भन्दा बढि मान्छे आएर घेरा हालेर कुटे । नदी तरेर गएकालाई कुटेर वारी ल्याएका थिए । म गोबिन्द सुनारलाई वडा अध्यक्षले आसीको पछाडीको भागले गद्धृनमा प्रहार गरे कुटे बाँया हातमा धेरै चोट लागेको छ दुख्छ । मेरो शरिर भरी निलडाम भएको थियो, त्यस पछि रुकुम पुलिस आएको देखि पछि उनिहरुले कुट्न छोडेका थिए । पुलिसले हामि १२ जनालाई भ्यानमा हालेर लगे । पिट्ने गाउलेहरुलाई पुलिसले केहि नगरेको र हाम्रा ६ जना दाजुहरुलाई गायब भएकोछन् खोज्नु प¥यो भन्दा पुलिस नबोलीकन हामिलाई भ्यानमा हालेर चौकी पुराएका थिए । हामि १० जनालाई खाना खाएर चौकी थुनामा राखे र दुई जना अस्पतालमा भर्ना भएका थिए भर्ना हुनेमा सुदिप खडका र मदन शाही रहेका थिए उनीहरुलाई धेरै चोट लागेको थियो । ६ जना सबै पौडी खोल्न धेरै जान्ने थिए जसले गर्दा उनीहरु भेरीमा डुबेर मर्ने होइनन् हामि त तर्न सक्छैं भने दाईहरु त सजिलै तर्ने थिए । हामिले झोलामा मोबाईल र मोबाईल चार्ज गर्ने पावरबैंकमात्र राखेका थियौं साथमा अरु केही पनि थिएन ।

नवराज वि.क को साथीहरु घाइते लालबहादुर खड्का, सुदिप खड्का र मदन शाहीको संयुक्त भनाईः

जेठ १० गते भन्दा दुई चार दिन अगाडि नै नवराजले केटी भगाउने कुरा भनेको थियो । त्योदिन हामी खलगांबाट १० जना गएका थियौ । तल आधा बाटो पुगेपछि अरु साथीहरु आए नवराजले फोन गरेको रहेछ । दुई जना माथि विचबाटोबाट फर्के हामी १८ जना माथि गयौ । माथि जाँदा सिधै उसको आमाले त डुम फेरि आईस अस्तिको चोटले तलाई पुगेन आज नमारी छोडदिन भन्दै थियो । झम्टिन आउला जस्तो गर्दे थियो । हामि सबैलाई दलितै भनेर सबैलाई केही नसोधी गाली गरेको थियो । हामीलाई पनि गाली गर्दे वडा अध्यक्षलाई पनि फोन गरी पाँच गाडी मान्छेहरु मगाउदै थियो । रोड मै जादै थियौ । तलै आएर बाटोमा आएर पहिलै सुराकी भैसकेर होला । नवराज देख्दै नदेखी कराउदै थियो पैले सिकायत भएर होला । एउटा साथीले अन्टी हजुरको छोरी भगाउन आ हैन काफल खान आको भनेम टाइम खासै याद छैन । नवराजलाई कन्भिन्स गर्दे थियौ पहिलै थाहा पाईसके आज यस्तो कार्यक्रम हुदैन भनेर फर्किसकेका थियौं । मध्ये पहाडी मार्ग रोड तल विच गाउँमा आएपछि गाउँको मान्छे काफल खाउ पानी खाउ भनेर रोक्न अलमलाउन खोज्दै थियो । हामिले केही विराको छैन घरतिर फर्केको मान्छेलाई त केही गर्दैन होला भन्ने सोचेउ । मध्ये पहाडी मार्गको माथिको ठूलो ढुगांमा बसेर कुरा गर्दे थियांै । काले गाउँमा गएर नास्ता खाने कुरा गर्दे थियौ माथिबाट एक्कासि ढुगांहरु र मान्छेहरु आउन लाग्यो । पुरै गाउले आयो अनि तल दगुरेउ । उनिहरुले घरेलु हतियार खुकुरी, आँसी, दाउरा बोकेर मान्छेहरु आए हामी भागेर रोडमा आयौं । दुई सय भन्दा बढी मान्छले हान्दै आएका थिए । हामीले के गलत गरेउ र भन्दै थियौं हान्न छोडेन र ज्यान जोगाउन भाग्न बाध्य भयौं । अगाडि पुग्दा खोल्सोबाट सबैतिरबाट घेरिसकेको थिए । २ जनालाई महेश कार्की र डिल्ली वि.क.लाई मध्ये पहाडी बाटोमै समातेछ ति मार्ने साथीहरुलाई विचमा समातेर कुटदै थियो हामीलाई कुट्छ भनेर १० जना साथीहरु भेरी तिर दगुर्दै गयौं ५ जना साथी पैडी खेल्न जान्ने भएर भेरी पारी गयौं ५ जना विस्तारै दगुर्दे थिए भेरीको किनारमै छोपेर कुट्न थाले । हामीलाई पनि बिच बगरमा समातेर हान्दै थिए । हामीले ज्यानको भिख माग्यौ तर मार्न छाडेनन समातेका साथी भेरीको किनारसम्म आउनै पाएनन हामीलाई नि पुलिस दाई नआको भए हाम्लाई नि मार्ने थिए । हाम्रा वारी पारीका सबै साथीहरुलाई हानेर घाईते बेहोश बनाए । नवराज सहित नजिकका ५ जना साथीहरुलाई गायब पारेछन् । हामी ५ जनालाई रुकुमको पुलिसले लग्यो । पुलिसको अगाडि नटेरी हाम्लाई हान्दै थिए । पारिका साथीलाई जाजरकोटको पुलिसले समात्यो । उनीहरुको कति बेला आउलान र खतम गर्ने पहिले नै पलानिङ्ग रहेछ । हामी पहिलो पटक गएको कसैसँग दुश्मनी केही थिएन हामी बेहुली लिन गएको हो । हामिले हात खुट्टा ढोग्यांै ज्यानको भिख माग्यौं तर कुट्न छाडेनन् । प्रहरीले सिट्ठी बजाउँदा आउदा पनि हामिलाई कुट्दै थिए । पुलिसलाई उनीहरुले बोलाएको हो सबै साप पनि नमरोस लाठी पनि नभाचियोस जस्तो गरेको हो । सबै पलानिगं गरेको थिए । तेह्र चौध दिन भयो बाहिरी चोट मेटियो भित्री चोट त निको भएको छैन नी । औषधी खर्च आफै गरेका छांै कसैले केही सहयोग गरेको छैन । छाती, हात, टाउकोमा चोट लागेको छ सिटिस्क्यान केही गरेको छैन पुरै जिउ दुखेको हिड्न गारो छ । चोविसै घण्टा तेही कुरा खेलिरहन्छ झसंग भईरहन्छ । मिसन हस्पिटल लग्यो रातभरि अईया भन्दा पनि औषधी पनि दिएन । जताततै थाहा भयो अहिले त केही छैन सबैको साथ छ दुई चार वर्ष पछि बाहिर जानु पर्छ जे पनि गर्न सक्छन् । हाम्रो भविष्यमा जिउ ज्यानको खतरा छ । धेरै महिलाहरुले माथिबाट हेर्दे थिए हामिलाई पुरुषहरुले कुट्दै थिए । बाहिरको चोट आज १३, १४ दिन भयो निको भइसक्यो तर भित्रको चोट निको भएको छैन राम्रोसंग हिड्न पनि सकिदैन ढाड दुख्छ । प्रहरीले हामिलाई मार्न खोज्नेलाई त्यही समयमा पक्राउ गरेन घर जाउ भन्यो हामिलाई पक्रेर लग्यो । प्रहरी पनि उतै मिलेर आए जस्तो लागेको छ । हामिले झोलामा मोबाईल र मोबाईल चार्ज गर्ने पावरबैंकमात्र राखेका थियौं साथमा अरु केही पनि थिएन ।

नवराज वि.क को साथीहरु घाइते डिल्ली वि.क., विभाग पुन, भोला बि सी बिटालु, सरोज भँडेल, जिवन भन्ने आशिष वि.क., महेश कार्की र सुनिल सुनारको संयुक्त भनाईः

केही दिन अगाडि नै केटी भगाउने कुरा भनेको थियो । त्योदिन हामी खलगांबाट १० जना गएका थियौं तल आधा बाटो पुगपछि अरु साथीहरु आए नवराजले फोन गरेको रहेछ । दुई जना माथि विचबाटोबाट फर्के हामी १८ जना माथि सोती गयौं । माथि जाँदा सिधै उसको आमाले त डुम फेरि आईस अस्तिको चोटले तलाई पुगेन आज नमारी छोडदिन भन्दै थियो । झम्टिन आउला जस्तो गर्दै थियो हामीलाई पनि गाली गर्दै वडा अध्यक्षलाई पनि फोन गरी पाँच गाडी मान्छेहरु मगाउदै थियो । हामि सबैलाई दलितै भनेर सबैलाई केही नसोधी लखेटे । हामि रोड मै जादै थियौं । तलै बाटोमा आएर पहिल्यै सुराकी भैसकेर होला । बेहुलोलाई हामिले नचिन्नेगरी लिएर गएका थियौं । नवराज देख्दै नदेखी कराउदै थियो पैले सिकायत भएर होला । हामिले अन्टी हजुरको छोरी भगाउन आ हैन काफल लिन आको भनेम करिब ५ः०० बजेतिर हुनु पर्छ । हामिले भन्यौं यस्तो कुरा गर्ने मान्छेको छोरी बेहुली बनाएर के लाने जाँउ घर फर्कि जाँउ भन्यौं र फर्किसकेका थियौ । एकजना नचिनेको मान्छेले हामिलाई पानी काफल खाउ भनेर रोक्न खोज्दै थियो । केही विराहामिले नाई नखाने भनेर घरतिर फर्केका थियौं एक्कासि माथिबाट ढुगां बर्साउन थाल्यो । पुरै गाउले घरेलु हतियार लिएर आएकोले हामी भागेर रोडमा आयांै । दुई सय भन्दा बढी मान्छले हान्दै आएका थिए । हामीले कही गलत गरेकाछैनौं भन्दै थियौं हामिलाई पिट्न थालेपछि भाग्न बाध्य भयौं । हामिले झोलामा मोबाईल र मोबाईल चार्ज गर्ने पावरबैंकमात्र राखेका थियौं साथमा अरु केही पनि थिएन । अगाडि पुग्दा खोल्सामा सबैतिरबाट घेरिसकेको थिए । २ जनालाई महेश कार्की र डिल्ली विकलाई मध्य पहाडी बाटोमै समातेछ ति मर्ने ६ जना साथीहरुलाई विचमा समातेर कुटदै थियो हामीलाई कुटछ भनेर १० जना साथीहरु भेरी तिर गयौं ५ जना साथी पैडी खेल्न जान्ने भएर पारी गयौं ५ जना विस्तारै दगुर्दे थियौं हामलाई समातेर विचमा गएर हान्दै थिए । हामीले ज्यानको भिख माग्यौ तर मार्न छाडेनन समातेका साथी भेरीको किनारसम्म आउनै पाएनन हामलाई नि पुलिस दाई नआको भए हाम्लाई नि मार्ने थिए । हामी पहिलो पटक कसैसँग दुश्मनी केही थिएन बेहुली लिन गएका थियौं । हात खुटा ढोग्यौं ज्यानको भिख माग्यौं तर कुटन छाडेन प्रहरीले सिठी बजाउदा कुट्दै थिए । पुलिसलाई वडा अध्यक्षले खबर गरेर बोलाएको हो । पुलिसले कुट्नेहरुलाई केही भनेन उल्टै हामिलाई लिएर थुनि दियो । तेह्र चौध दिन भयो बाहिरी चोट मेटियो भित्री चोट त निको भएको छैन पुरै शरिर ढाड दुख्छ । औषधी खर्च आफै गरेका छौ कसैले केही गरेको छैन । छातीमा टाउकोमा चोट लागेको छ सिटिस्क्यान केही गरेको छैन पुरै जिउ दुखेको हिडन गारो छ । चोविसै घण्टा तेही कुरा खेलिरहन्छ झसगं भईरहन्छ । मिसन हस्पिटल लग्यो रातभरि एया भन्दा पनि औषधी पनि दिएन । प्रहरीले हामिलाई मार्न खोज्नेलाई त्यही समयमा पक्राउ गरेन घर जाउ भन्यो, हामिलाई मात्रै पक्रेर लग्यो । प्रहरीले त्यत्रो ६ जनालाई मार्नेलाई तत्कालै किन पक्रेन हामिलाई पनि मार्नै लागेकाहुन् हामिले बुझ्नै सकेनौं ।

जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसंग टोलीले सोधपुछ गर्दा प्राप्त भएको जानकारीः

राज्यसँग जोडिएका मान्छेहरुले यो केसका बारेमा कुनै त्यस्तो सोध्ने दवाव दिने गर्नुभएको छैन । यो सामान्य केस छैन एकै दिनमा ६÷६ जनाको हत्या भएको छ । हामी पिडित जिल्ला हौं त्यसैले निष्पक्ष छानविन हुनुपर्दछ र दोषीले कडा भन्दा कडा नेपालको कानुनमा भएको अधिकतम सजाय पाउनुपर्दछ । दोेषी कोही उम्कन नपाउन । हामीले गर्ने काममा हामी सचेत भएर लागेका छौं । मैले डाक्टरलाई आफै भनेको छु चार घण्टा पाँच घण्टा कति लाग्छ लगाउनुस् तर वास्तविक ९ब्अतगब०ि सही पोष्टमार्टम हुनुपर्दछ भनेको छु । अझ डाक्टरको टिममा एक जना मल्ल थरका हुनुहुदोरहेछ वहाँलाई उताका पनि मल्ल थर भएका कारण बाहिर जान भनेको छु । पोष्टमार्टम रिपोर्ट अहिले आउदैन र सम्वन्धित ठाउँमा बुझाउने हो हामीलाई पनि थाहा हुदैन । तर मैले ईमान्दारिता देखाउने समय यहि हो जे छ त्यहि लेख्नु कहीबाट केही दवाव आए मलाई भन्नु । घाईतेको उपचारको जिम्मा राज्यले लिन्छ पहिलो चरणको उपचार भयो तिस पैतिस हजार खर्च लाग्यो त्यो राज्यले तिर्छ र उनीहरुलाई मनोपरामर्श र आवश्यक परे अन्य उपचारका लागि पहल गछौं हामीले पिडित परिवारसँग पनि भेट गरीसकेको छौं । उपचार गरेपछि विल पेस गरेर राज्यले तिर्ने हो । तर उनीहरुको अवस्थाको कारणले मैले स्थानीय सरकारसँग कुरा गरेको छु । अनुसन्धानको पाटो लामो हुन्छ घाईतेहरुलाई पटक पटक बयानका लागि बोलाउनुपर्दछ भोलि पनि बोलाएको छ, त्यसमा उनीहरुलाई सजिलो बनाउन हामीले लाने ल्याउने व्यवस्था गरिरहेका छौं । यो घटनाको जसले तोडमतोड गर्न खोज्छ उ पनि सजायको भागिदार हुन्छ । रुकुमको ब्गतजयचष्तथ को पनि त्यही कुरा छ । अहिलेको जमाना सचेत छ संसारले हेरेको बेला यस्तो घटना तोड मोड गर्नै हुदैन । सचेत गराउनु त राम्रो हो तर उच्छृखल गतिविधि पनि हुँदारैछन । अस्ति एउटा साथीलाई जाजरकोट आउन नदिएको कुरा ठूलो भाईरल भएको थियो । सचेत गराउने क्रममा अनुसन्धान भईरहेको बेलामा उच्छृखल गतिविधि हुनुहँुदैन । म यहाँ आएको दश महिना भयो । बाग्लुङ, पर्वत, म्याग्दी भन्दा यो ठाउँमा क्यअष्ब िज्बचmयलथ छ तर यस्तो घटना नघट्नु पर्ने थियो घट्यो कुनै पनि हालतमा दोषी उम्कन पाउदैनन । केन्द्रीय सिआईवी टोली र प्रदेशको एस एस बी टोली आएर अनुसन्धान गरिरहेको छ । विभिन्न मानव अधिकार, दलित अधिकार मिडियाका साथीहरु आउनुभएको छ । घटनाको अनुसन्धान गर्नका लागि मैले अरु साथीहरुलाई पनि भनेको छु र यहाँहरुलाई पनि भन्ने गर्छु प्रत्यक्षदर्शीलाई दबाव पर्न पनि सक्छ त्यसैले भिडियो वनाउनुस प्रमाण हुन्छ । उनीहरु सबै साना छन विक्षिप्त हुनु स्वभाविक पनि हो तर उनीहरुको सुरक्षा गर्ने काम राज्यको हो र राज्यले गर्दछ ।

जाजरकोटका प्रहरी नायब उपरिक्षक कृष्ण कुमार श्रेष्ठ र शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक यज्ञ बस्नेतसंग संयुक्त रुपमा टोलीले सोधपुछ गर्दा प्राप्त भएको जानकारीः

जाहेरी दर्ता गराएर रुकुम जि.प्र.का.मा पठाईदिएकाछौं । हामीले अहिले पिडितको संरक्षकको भुमिका निभाएका छौं । अनुसन्धानमा वहाँलाई लाने ल्याउने गरेका छौं । चौरजहारीमा अनुसन्धानको टिमसँग दिनको चार पाँच पटक कुरा गरिरहेका छौं । हाम्रो तर्फबाट अनुसन्धान र सुरक्षामा कुनै कमी कम्जोरी गर्ने छैनौं ।

जाजरकोट जिल्ला भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीमगरसंग टोलीले सोधपुछ गर्दा प्राप्त भएको जानकारीः

घटनाका बारेमा बुझे अनुसार सत्य कुरा प्रेम सम्बन्धबाट शूरु भएको र जातीय विभेदबको तरङ्ग हो । यो अतिनै दुःख लाग्दो नर संहार हो । मैले यो घटनाका बारेमा सही कुरा बोल्न नसके किन राजनीति गर्ने । १२ जनाले सही बयान दिनु पर्दछ । म कुनै अन्योलमा छैन यो घटना जातिय विभेद र मानवता विरुद्धको अपराध हो । घटना स्थललाई प्रहरीले सिल्ड गरेको छैन प्रहरीले लापरवाही गरेको छ । म यो मुद्धामा न्याय दिलाउन अन्तिम समय सम्म लडिरहनेछु र पीडिको पक्षमा साथ दिनेछु ।

सुष्मा मल्लको ठूलोबुवा जाजरकोट, खलंगा निवासी ईन्द्र बहादुर मल्लको भनाईः

हामी दुई भाईको कुरा हुँदा केटाहरु आए लफडा भयो कोहीलाई छोप्यौ कोही भेरीमा हाम फाले त्यति कुरा भएको र फोन राखेको । मैले केटाका बाउआमालाई था छैन होला भनेर जानकारी दिनुपर्दछ भनी नवराजकी आमालाई फोन गरेको छोरीले उठाई छोरीसँग कुरा गरिन । पछि बाउलाई यतै पसलमा भेटी तिम्रो छोरा पारी गएछ भने मलाई थाहा छैन भनीकन हिडनुभयो पछि के सोच्नुभयो थाहा भएन । के हो घटना कसरी भयो मलाई था छैन तर जातीयताको घटना नहुनु पर्ने किनकी दुइटी छोरी दलितसँग गएको छ एउटा भाईले दलित केटी ल्याको छ बसेका छन खाका छन । त्यसैले जातीयताको कुरा हो जस्तो मलाई लाग्दैन । पहिला मुनलाल (नवराजको बुवा) मेरो घरमा आएर फोटो देखाएपछि केटाहरु पहिला थुनेको थाहा भयो । मुनलाल गएपछि भाईलाई फोन गरेर तेरी छोरी आएर खाने वस्ने रैछ बेकार मलाई केटाहरु आएर टेन्सन दिए भनेर भन्ने भन्दा भाईले पहिला गईछ बसीछ आजकल खै के भएछ केमा चित्त बुझेनछ फोन हुदैन केही छैन भन्थ्यो । विचमा यहाँ जिप्रका नवराजको उजुरी परेको थियो रे जिप्रका बाट फोन आएको मलाई थाहै छैन म उजुरी दिन गएकै छैन । त्यस्तो घटना भएको ३ दिनपछि फलफुल लिएर मुनलाल (नवराजको घर) मा भेटन गएको थिए । सबै महिलाहरु लागिगए सिआइडी गर्न आको हो गईहाल नत्र भए पिटाई खान्छौ भनी म माथि खनिए । मलाई त केटाहरु गएको थाहा थिएन उताबाट फोन आएपछि थाहा पाए बाउआमालाई थाहा छैन होला भनेर सुचना दिएको गलत गरे र? त्यो घटनामा मेरो पनि नाम मुछिएको सुने । हामीलाई पनि दुख लागेको छ दोषीले सजाय पाउनुपर्दछ तर आफ्नो अधिकार पाउन अर्काको चरित्रमा दाग लाउनु हुदैन ईन्द्र बहादुर मल्लको षडयन्त्र भन्दा हामीलाई दुख लाख्छ । हाम्रो पनि कुरा बाहिर ल्याइदिनुपर्यो ।

गणेश वि.क. पत्रकारको भनाईः

६ जनाको हत्या भएको र १२ जना जिवित रहेको युवाहरुको बयानबाट उनीहरुलाई जातिय विभेदको कारण नै भएको हो । यसमा सुष्मा मल्लको मिलेमतो छ किनभने केही महिना अगाडी नवराजको घरमा बसेको थिईन भने घटना हुने दिन उनी किन बिच बाटोमा नआएको? आफ्नो प्रेमीलाई बचाउन किन केही प्रयास नगरेको? वडा अध्यक्षले सुरक्षा लबी नगरी सबै जना खनिन्नु पर्ने कारण के हो? अहिलेको २१ औं सताब्दीमा जातियका कारण रगत बगाएका थिए भने अहिले अर्काको कुखुरा त काट्न नपाउने यसरी ति युवाहरुको भएको हत्या विरुद्ध न्यायको लागि अपिल गर्नै पर्दछ । प्रतिवेदन तयार पारी विश्वव्यापी रुपमा परिचालन गर्नु पर्दछ । रुकुममा ठुलो भुकम्प गएको छ जसको पराकम्प देश विदेशमा गएकोछ । अब रुकुमबाट समाजिकरुपान्तरणको जातिय मुक्ती आन्दोलन लागि अगाडी बढाउनु पर्दछ । अन्तर जातिय बिबाहको कारण युवाहरुलाई लखेटी लखेटी मारेको छ । यो घटना विशुद्ध जातिय विभेदको घटना हो ।

रुकुम पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालसंग टोलीले सोधपुछ गर्दा प्राप्त भएको जानकारीः

मलाई कसैबाट पनि यो केसका सम्बन्धमा दबाव कुनै त्यस्तो सोध्ने दवाव दिने गर्नुभएको छैन । यो घटना को प्रकृती हेर्दा सामुहिक हत्या र नरसंहार हो । यस्तो घटना नेपालमा पहिलो र क्रुर हो । हामिले दोषीलाई हदै सम्मको कार्वाही गर्ने गराउनकालागि प्रभावकारी अनुसन्धानमा कुनै कमी कम्जोरी गर्ने छैनौं । यो असामान्य अपराध हो एकै दिनमा ६÷६ जनाको हत्या भएको छ । कुनै पनि दोेषी कोही उम्कन नपाउने गरी हामीले गर्ने काममा हामी सचेत भएर लागेका छौं । मैले प्रहरी प्रशासन र अनुसन्धान सबैलाई यो घटनामा कसैको दवावमा नपरी निष्पक्ष ढंगले काम गर्नुहोस् भनेर निर्देशन दिएकोछु । नेपालमा यस्तो क्रुर घटना कहिल्यै पनि नघटोस् भनि नेपाल सरकार र हामि कानून कार्यान्वयन गर्ने निकायले गंभिरतापूर्वक सोच्न जरुरी छ । वास्तविक ९ब्अतगब०ि सही पोष्टमार्टम होस भनेर जाजचकोटको प्रजिअसंग कुरा गरेकोछु । मैले ईमान्दारिताकासाथ काम गर्नेछु । घटनालाई तोड मोड गर्नै हुदैन भन्नेमा हामि सचेतछौं । घाईतेको उपचारको जिम्मा राज्यले लिनुपर्छ म सहयोग गर्छु । घटनाका साछीहरुको सुरक्षा गर्ने काम राज्यको हो र राज्यले गर्दछ ।
रुकुम पश्चिम जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ठक बहादुर के.सी.संग टोलीले सोधपुछ गर्दा प्राप्त भएको जानकारीः

प्रहरीको चौरजहारीको दरबन्दी २७ जनामा २५ जना कार्यरत भएको । २०७७ जेठ १० गते ५ः३० बजे वडा अध्यक्षले मलाई फोन गरेको र १८ जना केटाहरु सोती तिर आएकाछन् भनेको । सही सावको खुट्टा फ्याक्चर भएर अफिसमा बसेको । घटना स्थलमा प्रहरी ६ः१५ मा पुगेको । प्रहरीले सिटी फुकेर नपिट भनेको । खोलापारी ५ जनालाई कुटीरहेको देखेर जाजरकोटको प्रहरीलाई खबर गरेको । ईन्सपेक्टर ७ः३० मा पुगेको त्यही दिन घाउजाँच भएको । केही दसी प्रमाण फेला पारिएको । रातीको ९ः३० बजे जाजरकोटको भेरी नदीमा लाश छ भन्ने खबर पाएपछि १ः०० बजे नवराजको लाश निकालेको । कोभिड-१९, क्वारन्टिन, तारजालीको विवादका कारण घटना स्थलमा समयमानै प्रयाप्त मात्रामा प्रहरी पुर्याउन नसकिएको । घटनाको अनुसन्धान र दोषीमाथी कडा कार्वाही गर्न हामिले कोशिस गरि रहेकाछौं ।

ईलाका प्रहरी कार्यालय, चौरजहारीका प्रहरी निक्षक धर्म सिंह बिष्ट को भनाई :

राम्रोसँग नबुभिएको फोन आएको थियो १५, २० केटाहरु आएका छन् आइदिनु प¥यो भने कल आएपछि प्रहरी पठायौं । कोभिड १९को क्वरन्टीनले गर्दा प्रहरी कम थिए । २ जना प्रहरी पठाएको थियौं । प्रहरी पुग्दा पनि पाँच जनालाई पिटेरहेका थिए । प्रहारीहरु उनीहरुलाई नपिट्न भनेर ति भाईहरु ल्याइ उद्धार गरेका थियौं जसमा सुदिप खडकालाई धेरै चोट लागेको हँुदाँ उनलाई भर्ना गरेर एक जना भाई साथी राखीएको थियो । दुई जना प्रहरी ५१ जनाको समुहलाई समाल्न नसक्ने स्थिती थियो उनीहरु प्रहरीको कुरा पनि नमानिकन जे पायो तेही बोलि रहेका थिए । अनुसन्धान टोलीले सोध्दा त्यसमा रहेका केटाहरु मध्येमा कतिलाई त थाहा पनि थिएन रहेछ कि नवराज र सुष्माको बारेमा भोली पल्टमात्र थाहा भयो । लाश पानीबाट बाहि। निक्लिन धेरै दिन लाग्यो । लाशको रगत पानीले चुसीसकेपछिमात्र लाश पानीबाट बाहिर माथी आँउछ । त्यही भएर लाश भेटिन धेरै दिन लागेकोहोला । घटनाको कारण समाजले बनाएका दलित जातिय कारण हुन सक्छ ६ जना मरेका छन् यो घटनाको अनुसन्धानमा कुनै सानो त्रुटी पनि नगरिकन गर्नेछौं ।

दलित पत्रकारहरुको संयुक्त भनाई : 

सुस्मा मल्लको प्रेम यदि नबराज बिक नभई नबराज शर्मा, नबराज मल्ल, नबराज गौतम भएको भए सायद यो नरसंहार घटना घटने थिएन होला । यो रुकुम जिल्लाको मात्र घटना नभएर पुरै राष्ट्रिय घटना भएको छ । स्थानिय जन प्रतिनिध सो दिन डम्बर बहादुर मल्लको घर आएको हुँदा सुरु देखि नै उहाँको भुमिका बढीनै देखिन्छ । चैत्रको ११ देखि लकडाउन भएको हुदा पनि नवराज चैत्र १३ गते ३ जना भएर केटीको घर जाँदा उनीहरु पिटाई खाएर फर्केका थिए र दोस्रो पल्ट बैशाख १७ गते जदाँ पनि केटीको आमा बुवा दाजु मिलेर पिटेर वडा अध्यक्षले प्रहरीलाई खबर गरी चौकीमा पुराएका थिए अनि भोलि पल्ट बिहान केटाको आमालाई बोलाएर जिम्मा लगाएका थिए । त्यस पछि जेष्ठ १० गते केटीले फोन गरेर बोलाईन, मेरो विवाहको कुरा भएको छ अर्कै केटासंग विवाह गरिदिन लागे मलाई लिन साथीहरु लिएर आउ भने पछि आफु सुरक्षित हुन साथीहरु लिई गएका थिए उनीहरुको बाटोमा फोनमा कुरा भएको थियो केटीको ठुलो बुवा ईन्द्र मल्लले सुचना दिनु भएको जसकाकारण यो घटना घटाउन केटीलाई माध्यम बनाई योजनावद्ध ढङ्गले २०० जना प्रत्येको हातमा घरेलु हतियार रहेको थियो । त्यस कारण दोषीले उन्मुक्ती पाउनु हुँदैन कानून बमोजिम हदैसम्मको सजाय हुनुपर्दछ ।

वडा अध्यक्ष गोपाल नेपाली, कुसे गा.पा.वडा नं.१ को भनाईः

हामिले जाजरकोटमा गई पिडित, पिडितको परिवार र लास निकाल्ने सबै बयान लिइ ज्ञापान पत्र बुझाएको र एउटै मिडिया फरक फरक समाचार निकालेको छ । आधिकारिक वास्तविक कुरा बाहिर आएको छैन जसले गर्दा पिडितको परिवार ससंकित हुनुहुन्छ प्रतिवेदन उहाँको पक्षमा आउँछ कि आँउदैन साथ दिन्छ कि दिंदैन भन्ने र पिडितको माग एकातिर र घटनाको प्रकिृत आर्को तिर जान्छ कि भन्ने शंका उत्पन भएको र रुकुम र जाजरकोटको पत्रकार एक भएर यो घटनालाई खबरदारीको रुपमा अगाडी बढाउनु पर्दछ ।

जाजरकोटका मनोज बि.क.को भनाई ः
अजुर्न दृष्टि बाट अनुसन्धान गर्नु पर्ने र पिडितले न्याय नपाए रुकुमले आगो बाल्ने, जुन सुकै मुल्य चुकाउन जाजरकोटको युवा तयार भएको छ ।

हरि गौतमको भनाई (कान्तिपुर): 

दोषीलाई कडा कारवाही हुनु पर्ने र निर्दोष पर्न नहुने र प्रहरीहरुले प्रमाणहरु नष्ट गरेको तत्काल घटना स्थल शिल्ड नगरी घाईतेहरुलाई लिएर गएको अभियुक्तहरुलाई मौकैमा पक्रने प्रयास नगरिएको । घटनाहरुको बारेमा राम्रो छानविन नगरेकोे ।

प्रविण पत्रकारको भनाई :

विभिन्न थरीको कुराहरु आएकोछ जसले गर्दा उहाँहरुलाई दःुखित बनाएको छ र कलिला ६ जना युवाहरुले अकालमा ज्यान गुमाएका छन् । यो ६० लाख दलितको मुद्धा मात्र नभएर पुरै मानव जातिको मुद्धा रहेको छ । प्रहरीको लापवाही गरेको छ । नवराजको लाश चाडै जलाएको अजित मिजारको चार बर्ष सम्म नजलाई राख्ने तर नबराजको यति छिटो जलाउने यसमा ठुलो षडयन्त्रत्र रहेको छ । यो मुद्धा ले न्याय नपाउन पनि सक्छ । यसमा सचेत रहन र सम्बन्धित निकायलाइ खबरदारी गनृुपर्छ ।

नर बहादुर नेपालीको भनाईः

जाजरकोट र मटेला अनुगमनमा गएको र यो घटना जातिय विभेद मात्र नभएर मानव अपराध विभेदको घटना रहेको । त्याहाँ प्रत्यक्ष दर्शिहरु संग कुरा भएको, दोहोरो विवाद नभई सिधै आक्रमण भएको, विभिन्न हातहतियार अाँसी, भाला, लाठी, ठुङगा मुडा सहित आक्रमण गरी प्रतिकार गर्ने मौका नपाई उनिहरु भागेर खोला तरेर पारी जादा पनि वारी ल्याइ कुटेको अनि प्रहरीलाई ६ जना हराएका साथीहरुलाई खोज्नु प¥यो भन्दा वास्ता नगरेको भन्ने पिडितले बताएका थिए । यहाँ निर प्रहरी चुकेको छ, आक्रमणकारीको खोजी गर्नु पर्ने र हाराएको युवाहरुलाई खोज्नु पर्ने थियो । सामाजिक सञ्जालमा यो जातिय विभेदको घटाना होइन भनिएता पनि पिडितले न्याय पाउनु पर्छ ।

मेघराज खडका, पत्रकार, रुकुमः

हत्या हो कि दुर्घटना हो केटा पक्षले हत्या भनेको छ भने केटी पक्षले दुर्घटना हो भनेको छ तर्क धेरै आएको छ । यो हत्या हो भन्ने पिडितको परिवार मात्र रहेको छ । विभिन्न थरी खबरलाई समाजिक सञ्जालमा राखिएको सत्य तथ्य नभएको कुराहरु, जाजरकोट पिडित परिवार भयो र रुकुम पिडकको परिवार भएर रुकुमको पत्रकार सहित लेख्दा पनि गलत रहेको भन्दा नराम्रो मानसिकता भएको लाग्छ । त्यस दिन को घटना बिवाह हो कि होइन भन्ने अनुसन्धान गर्नु पर्ने र दलितलाई मारौं भन्ने हो भने यो मात्र दलितको मुद्धा नरहेको दखिन्छ स्थिति भयवह हुन सक्छ ।

घटना स्थलका स्थानिय ५० बर्षका तिलक पुनको भनाईः

म घटना स्थल नजिकै चौरजहारी नगरपालिका वडा नं.८, गोईरीज्यूला गाँउमा बस्छु । मेरो घर गाउँको बीचमा पर्दछ । २०७७ जेष्ठ १० गते करिब साँझ ५ बजे तिर हो १०, १२ जना केटाहरु भाग्दै थिए मेरो घरको तल र वडा अध्यक्ष डम्बर मल्ल सहित ४०, ५० जना जती सोतीगाँउको टोलीले लखेट्दै लिएका थिए । ५ जना जती केटाहरु खोलाको बिचमा ठुलो ढुंगा भएतिर सानो भेरी तरेर पारी बीच वगरमा पुगेका थिए र त्यंही पनि कुटपिट गर्दै गरेको देखेको थिएं । त्यसपछि पुलिस आयो र ति ५ जनालाइ लिएर र वारीका ६,७ जनालाई जम्मा जम्मा गरेर पुलिसको जिम्मा लगाएर लगेका थिए । पुलिसले मेरो घरमा आएर पानी मागेर खाएका थिए ।

घटना स्थलका स्थानिय करिब ३१ बर्षकी भिमसरा पुनको भनाईः

म घटना स्थल नजिकै चौरजहारी नगरपालिका वडा नं.८, गोईरीज्यूला गाँउ, पिपलको रुखमुनीको घरमा बस्छु । २०७७ जेष्ठ १० गते करिब साँझ ५ः४५ तिर मान्छेहरु बगायो भन्ने हल्ला सुने पछि आफ्नो बच्चाहरु पो हो की भनेर बाहिर जादाँ ४, ५ जना युवा सानो भेरीमा पारी जान बगेका र बाँकी ६,७ जना जती युवाहरुलाई ४०, ५० जना गाउलेहरुले समातेर राखेका नदिको किनार भेरीको वगरमा पिट्दै थिए । ति युवाहरु रगताम्मे अवस्थामा थिए ।

मिडियाहरुमा आएका घटनासंग सम्बद्ध केही तथ्यहरुः
Kapurbot TV Mobile No.: 9855024721 मार्फत स्थानीय पौडीबाज जनक रोकाया र खिमराज गिरीले ५ जनाको लाश हामिले भेटाएका हौं र लाशको प्रकृती कस्तो थियो भन्ने प्रत्यक्ष देखेका छौं । सबैको टाउकोमा गंभिर चोट लागेकोछ । एक जना लोकेन्द्रको दुबै हात पछाडी फर्काएर बाँधेकोछ । हामिले लाश उठाउँदा एक हात फुस्किएको हो । लाशको पेट फुलेको पानी खाए जस्तो छैन । हामि झुट बोल्दैनौ कसम खाएर भनेकाछौं मारेर फालेको लाश हुनुपर्छ ।

अनुगमन टोलीले फेला पारेका तथ्यहरुः

क) जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.४, रानागाउँ वस्ने मुनलाल नेपाली र उर्मीला वि.क.को छोरा नवराज वि.क र जिल्ला पश्चिम रुकुम चौरजहारी नगरपालिका वार्ड नं ८, सोतीगाउँ निवासी विर बहादुर मल्ल र प्रकाशी मल्लको छोरी सुष्मा मल्ल विच विगत २ वर्ष देखि अन्र्तजातिय प्रेम सम्वन्ध रहेको । उनिहरुको प्रेम सम्बन्धका बारेमा केटा र केटी दुबै पक्षका घर परिवारलाई राम्रोसंग जानाकारी भएको ।

ख) सुष्मा मल्ल र नवराज वि.क. बीचको अन्र्तजातिय प्रेम सम्बन्ध केटी पक्षका परिवारले नवराज दलित जातमा पर्ने हुँदा तल्लो जात भनी स्वीकार गर्न नसकेको देखिन्छ ।

ग) सुस्मा मल्ल र नवराज वि.क बीच प्रगाढ प्रेम रहेको र उनीहरुको आउजाउ समेत भएको संगै बस्ने खाने ५-६ दिन संगै बस्ने गरेको । सुष्मा मल्ल पछिल्लो पटक पौष महिनामा ४ दिन र ३ दिन गरि जम्मा ७ दिन केटाको घरमा नवराजसंगै नवराजको कोठामा संगै वसेको ।

घ) २०७६ चैत १७ गते नवराज वि.क. सुष्मा मल्लको घरमा गएको वेला केटीका परिवारले गाली गलौज गरि वडा अध्यक्षलाई भनी इलाका प्रहरी कार्यालय चौरजहारीमा फोन गरी प्रहरी बोलाएर नवराज वि.कलाई वुझाएको । एक रात हिरासतमा राखि भोली पल्ट बडा अध्यक्ष डम्वर मल्लले केटाको आमा लाई वुझाउनु भने पछि नवराज वि.क. र २ जना साथीहरु नवराजको आमाको जिम्मा लगाई पठाएको ।

ङ) घटना घटेको अघिल्लो दिन २०७७-२-०९ गते सुष्मा मल्लले नवराजलाई फोन गरी मलाई अर्कै केटासंग विवाह गरिदिने कुरा चलेको छ लिन आउनु भनेको र नवराजले म लिन एक्लै आउछु भन्दा सुष्माले हुँदैन केही खतरा हुन सक्छ कम्तीमा १० जना भन्दा बढी साथीहरु लिएर मलाई लिन आउनु भनी बोलाएपछि सोही बमोजिम जेठ १० गते नवराज १८ जना साथीहरु लिएर बेहुली लिन साँझ ५ः०० वजे तिर सोतीगाउँ पुगेको ।

च) सुष्माको आमा प्रकाशी मल्लले २०७७-२-१० गते केटाहरुलाई देखे पछि तँ डुम अस्तीको कुटाईले पुगेन तँलाई आज चै नमारि छाडदिन भन्दै वडा अध्यक्ष डम्वर मल्ललाई फोन गर्दै ५ गाडी केटा पठाउ भनेर गाउँले सवैलाई बोलाएर फर्किसकेका नवराज वि.क सहितका ६ जनालाई घरेलु हतियारहरु लाठी, ढुङ्गा, हँसिया आदिले हानी कुटपिट गरि हत्या गरेर उनीहरुले नै चौरजहारीमा प्रहरी वोलाएर बाकि १२ जनालाई प्रहरीको जिम्मा लगाएको ।

छ) घटना स्थलमा सहभागि चौरजहारी नगरपालिका वार्ड नं ८ का वडा अध्यक्ष डम्वर बहादुर मल्ल सहित २९ जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

ज) प्रहरीले घटनास्थलमा पुगेर पनि तत्काल अपराधीहरुलाई पक्रने र दसी प्रमाण सुरक्षित राख्नेमा चासो नदेखाएकोले घटना स्थलमा प्रयोग भएका हातहतियार लगायतका अन्य विभिन्न तथ्य प्रमाणहरु बरामत गर्न नसकिएको र प्रमाणहरु नष्ट जर्न सक्ने मौका मिलेको । चौरजहारी ईलाका प्रहरी कार्यालयमा तत्काल कार्यरत प्रहरीले गंभिर घटनालाई उच्च लापरवाही गरेको बुझिएको ।

झ) नवराजको लाश भेटिएपछि प्रहरीले तत्काल वारदात स्थल र सोतीगाउँ पुरै बन्द शिल्ड गरी प्रमाण संकलन गर्ने र अभियुक्तहरुलाई उम्कन भाग्न नपाउने गरी मौकैमा पक्राउ गर्न नसकेको जाहेरी परेपछि अनुसन्धान गर्दा प्रमाण लोपहुने हराउने र मुख्य अपराधी भाग्ने प्रशस्त समय रहेको ।

ञ) घटनामा वडा अध्यक्ष स्वयं आफैले आँसी लिई बालकहरुको घाँटीमा हान्ने र पिट्ने गरी प्रत्यक्ष संलग्न भएको । जनप्रतिनिधिको हैसियतले नवराज सहित १८ जना बालक तथा युवाहरुलाई बचाउने प्रयास नगरेको । हत्या गरी सकेपछि प्रहरीलाई खबर गरी घाईतेहरुलाई जिम्मा लगाएको ।

ट) मृतकहरु ६ जनामा उमेर १७ बर्षको १ जना, १८ बर्षको २ जना, १९ बर्षको १ जना, २० बर्षको १ जना, २३ बर्षको १ जना भएको र घाईतेहरु १२ जनामा १५ बर्षको १ जना १७ बर्षको ५ जना, १८ बर्षको २ जना, २० बर्षको २ जना, २१ बर्षको १ जना र २३ बर्षको १ जना भएको । ७ जना नाबालकहरु भएको ।

ठ) सुष्मा मल्लले उमेर नपुग्दै नवराजसंग प्रेम सम्बन्ध राखी केटाको घरमा जाने बस्ने गरेको र केटाको बुबा आमाले तिम्रो उमेर पुगेको छैन यसो नगर भन्दा हामि ८ बर्ष पछि विवाह गर्ने हो म नवराजको साथी हो पटक पटक आँउछु भनेको । घटना हुने दिनमा सुष्मा मल्लको कुनै उपस्थिति र प्रेमीलाई बचाउने भूमिका नदेखिएको ।

ड) सुष्मा मल्लले उमेर नपुग्दै नवराजसंग प्रेम सम्बन्ध राखेको कुरा केटीको बुबा, आमा, दाजु भाई सबैलाई थाहा भएको नाबालिग छोरीको केटा साथी भएको र प्रेम सम्बन्ध राखेको छ भन्ने थाहा भएपछि तत्काल कानुन बमोजिम कार्वाहीमा जानु पर्ने र दुबैजनालाई उमेर नपुग्दा सम्म कुनै सम्पर्क नगर्न संझाउनु पर्ने कुटपिट गरेर मारेर नै समस्याको समाधान हुन्छ भन्ने नसोच्नु पर्ने ।

ढ) घटना वारदात स्थलबाट तत्काल प्रमाण संकलन गर्नकालागि उच्च प्रविधि, अनुसन्धान कुकुर आदिको प्रयोग गर्न नसकिएकोले अपराधीले दसी सबुत प्रमाण नष्ट गर्न सक्ने अवस्था देखिन्छ ।

निष्कर्षः

मिति २०७७-२-१० गते सुस्मा मल्लले नवराजलाई साथी लिएर आउनु भनी वोलाएकै कारण १८ जना साथीहरु सहित उनी बेहुली लिन गएका र केटीको घरमा नपुग्दै सुष्मा मल्लकी आमाले त डुम अस्तीको कुटाईले पुगेन रहेछ आज नमारी छाडदिन भन्दै वडा अध्यक्ष डम्वर मल्ल सहित गाउँका सबै मान्छेहरुलाई वोलाई घरेलु हात हतियार लाठ्ठी ढुंगा मुढा प्रयोग गरि ६ जनालाई हत्या गरेको र बाँकि १२ जनालाई समेत मार्ने गरी कुटपिट गर्दागर्दै प्रहरी आई पुगेकोले १२ जनाको ज्यान बचेको । घटनामा संलग्न मृतकका आफन्त, घाइतेको बयान, घटनाका प्रत्यक्षदर्शी लगायतका भनाई अनुसार वडा अध्यक्ष डम्वर मल्ल र केटीका बुबा आमा र आफन्तहरु र वडा अध्यक्षको योजना अनुसार सुस्मा मल्लका परिवारले नवराज विश्वकर्मा तल्लो जातीको हो र यसलाई कुनै हालतमा सुष्मा मल्ललाई विवाह गरिदिनु हुँदैन भन्ने सोचका कारण योजनावद्ध तवरले चारै तिर घेराहाली भाग्न नदिई लखेटि लखेटि कुटी कुटी क्रुर निर्मम्तापूर्वक ६ जनाको जघन्य नरसंहार गरेको देखिन्छ । सयौं जनाको हुल आएको देखि ज्यान जोगाउन भागेका बालक र युवाहरुलाई प्रहरी बोलाई जिम्मा लगाईदिएको भए कसैको पनि ज्यान जाने थिएन र घाईते पनि हुने थिएनन् । नवराजसंग गएका १८ जनाले कसैलाई पनि प्रतिकार गरेर घाईते नबनाएको घटनाको स्थलगत अध्ययनले स्पष्ट पारेकोछ । सोतीगाउँको घटनाको अवस्था बुझ्दा क्रुर, आततायी, अमानवीय, जातिय नरसंहार सामुहिक हत्या भएको छ ।

अनुगमन टोलीको सुझावहरुः

  • घटना स्थलमा प्रहरीनै पहिले पुगेको र एकजना नवराजको लाश सोही दिन ९ः३० बजे नै भेटिएकोले प्रहरीले दसी सबुद प्रमाण सुरक्षित गर्न र अपराधीलाई मौकामै पक्राउ गर्न नसकेको । चौरजहारी ईलाका प्रहरी कार्यालयमा तत्काल कार्यरत प्रहरीले गंभिर घटनालाई उच्च लापरवाही गरेको बुझिएकोले छानविन गरि कार्वाही गर्नु पर्ने दखिन्छ ।
  • यस घटनामा बालबालिका नै बढी पिडित भएकोले नेपाल प्रहरीले बाल मैत्री व्यवहार गरी नेपालको संविधान, बाल बालिका संरक्षण ऐन र बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गरी बाल अधिकारको संरक्षणको सुनिश्चित गर्न अति जरुरी देखिन्छ ।
  • दसी सबुत प्रमाण तुरुन्त नष्ट हुन सक्ने वारदात स्थलमा तत्काल गर्नु पर्ने प्रहरीको दायित्व, अनुसन्धान र खोजी कार्य ढिलाई हुन गएको देखिएकोले यस्ता प्रकृतिका जघन्य नरसंहारका घटनालाई छिटो मौकैमा अपराधी र दसी सबुत प्रमाण फुत्कन र अपराधी उम्कन नपाउने गरी उच्च प्रविधियुक्त अनुसन्धानकर्ताको व्यवस्था गरी परिचालन गर्नुपर्ने ।
  • नेपाल प्रहरीले घटनाको गांभिर्यतालाई मध्येनजर गरी तत्काल आधुनिक प्रविधि र अनुसन्धान कुकुरकोे प्रयोग गरी मौकैमा दसी सबुत प्रमाण बरामद र सुरक्षित गरिनु पर्ने ।
  • भिभावकले बालबालिकाको कानुनी अधिकार र संरक्षकत्व सम्बन्धी जानकारी हुनु पर्ने र कानूनको कार्यान्वयन र बालमैत्री व्यवहारमा कडाई गरिनु पर्ने ।
  • दलित समुदाय प्रति घट्ने जातिय विभेद तथा छुवाछूत भेदभावका घटनामा बृद्धि हुँदै गईरहेको अवस्थालाई मध्येनजर गर्री ा गरी कनून बमोजिम हदै सम्मको कार्वाही गरिनु पर्ने । दलित समुदायलाई समाजिक सुरक्षाको पूर्ण सुनिश्चित गर्नु पर्ने ।
  • दलित समुदाय प्रति घट्ने जातिय विभेद तथा छुवाछूत भेदभावका घटनामा बृद्धि हुँदै गईरहेको अवस्थालाई मध्येनजर गरी जातिय विभेद तथा छुवाछूत भेदभाव कसूर र सजाय ऐन २०६८ र मुलुकी अपराध (संहिता) २०७४ लाई तत्काल संसोधन गरी जातिय विभेद तथा छुवाछूत भेदभाव गर्नेलाई सजायको दायरा बढाई कम्तीमा १ बर्ष देखि १० बर्ष सम्म कैद र पचास हजार देखि पच्चिसलाख सम्म दुबै दण्ड सजाय हुने अनिवार्य व्यवस्था गरिनु पर्ने । जातिय विभेद र छुवाछूतबाट सृजित हत्या, सामुहिक हत्या र नरसंहारलाई थप सर्वस्व सहित जन्मकैदको दण्ड सजाय गर्ने व्यवस्था हुनु पर्ने ।
  • सरकारी तथा गैह्र सरकारी निकायमा कार्यरत कर्मचारी र सबै तहका जनप्रतिनिधिहरुले जातिय विभेद तथा छुवाछूत भेदभाव गरेमा सामान्य व्यक्तीलाई हुने सजायको थप दोब्बर सजायहुने व्यवस्था गरिनु पर्ने । विभेदका विरुद्ध नेपाल सरकारले सबै तह, निकाय र सबै समुदायमा अनिवार्य जनचेतना कार्यक्रम संचालन गर्नुपर्ने ।
  • सरकारवादि फौजदारी मुद्धामा प्रत्यक्ष दर्शी (भथभक धष्तलभकक) साँछी लाई पूर्ण संरक्षण र सुरक्षाको सुनिश्चित गर्नु पर्ने ।
  • दलित समुदाय प्रति घट्ने जातिय विभेद तथा छुवाछूत भेदभावका घटनामा राजनितिकरण गर्न नहुने र घटना मिलाउन खोज्नेलाई समेत विभेद गर्नेलाई सरह दण्ड सजाय गरिनु पर्ने र राजनितिक दलले संरक्षण गरेको प्रमाणित भएमा दल खारेज गर्ने कानूनी व्यवस्था गरिनु पर्ने ।
  • जातिय विभेद न्यूनिकरणकालागि संविधानको धारा २४ र ४० को वास्तविक कार्यान्वयन गर्न तत्काल कानुन, नियम र निर्देशिका बनाई लागू गर्नु पर्ने ।
  • दलित समुदायको हक अधिकारका निम्ति कार्य गर्ने एकमात्र संवैधानिक निकाय राष्ट्रिय दलित आयोगमा यथाशिघ्र पदाधिकारी नियूक्ती गरिनु पर्ने । दलित आयोगलाई पेरिस प्रिन्सिपल अनुसार अधिकार र प्रयाप्त बजेटको व्यवस्था गरिनु पर्ने ।
  • दलित विकास समिति, वादी विकास समिति, मधेशी विकास समिति तत्काल गठन गरि बिशेष बजेटको व्यवस्था गरी दलित समुदायको शिक्षा, आर्थिक, सामाजिक स्थितिमा सुधार ल्याउनु पर्ने ।
  • नेपाल प्रहरीले समाजमा हुने आपराधिक गतिविधि र कार्यहरुलाई रोक्नकालागि “प्रहरी मेरो साथी” भन्ने नारालाई शहर देखि अति दुर्गम क्षेत्र जतासुकै पुराउनु पर्ने ।
  • घटना भएपछि पुग्ने भन्दा पनि घटनालाई पहिले नै कसरी रोक्ने र सबै सर्वसाधारणको सजिलै पहुँच पुग्ने र जिउ धनको पूर्ण शुरक्षा कसरी दिने भन्ने तर्फ योजना र कार्य हुनु पर्ने ।
  • नेपालमा यस्तो प्रकारको सोती नरसंहार कहिल्यै पनि नदोहरियोस्, जातिय प्रतिशोध उत्पन नहोस्, नेपाल रुवान्डा, श्रीलङका, सोमालिया जस्तो गृह युद्ध र जातिय हिंसा दंगा नहोस् भन्नकालागि सरकारले सांँस्कृतिक रुपान्तरणका बिशेष कार्यक्रम योजना बनाई देशभरी कार्यान्वयन गर्नु पर्ने ।
  • नेपाल सरकारले नवराज वि.क., टिकाराम सुनार, गणेश बुढामगर, सन्जिव वि.क., लोकेन्द्र सुनार र गोबिन्द शाहीलाई अन्र्तजातिय विवाह सामाजिक रुपान्तरणका शहिद घोषणा गरी अधिकतम क्षतीपुर्ती, परिवारलाई रोजगार, एकल महिला र बालबालिकाकोलागि शिक्षा र रोजगारीको व्यवस्था गरिनु पर्ने र घटना घटेको स्थान चौरजहारी नगरपालिका वडा नं.८, गोईरीज्यूला गाँउमा छ जनाकै शालिक निर्माण गरी नवराज स्मृति पार्क बनाउनु पर्ने ।
  • नेपाल सरकारले नवराज वि.क. स्मृती अक्षयकोष खडा गरी कम्तमिा बार्षिक १०० जना अनाथ, असाहय, दलित जनजाती, अल्पसंख्यक, अपाङ्ग विद्यार्थीलाई छत्रबृत्ति उपलब्ध गराउने व्यवस्था गरि दिनु पर्ने ।
  • मृत्यूको मुखबाट बचेका १२ जना घाईते बालक तथा युवाहरुलाई नेपाल सरकारले जिउँदो शहिद घोषणा गरी, निशुल्क स्वास्थ्य उपचार मनोचिकित्सक परामर्श उपचार, उच्च शिक्षासम्म छात्रबृत्ति सहितको निशुल्क अध्ययन गराउने, अधिकतम क्षतीपुर्तीको व्यवस्था गरि दिने, नेपाल सरकारको रोजगारीमा पहिलो प्राथमिकता दिई सुनिश्चित गरि दिने र जिवनभर जिउ ज्यानको सुरक्षाको सुनिश्चितता गरि दिनु पर्ने ।

अनुसूचीहरुः

१.घटनामा मृत्यू भएका र घाईते भएका व्यक्तिहरुको नामावली ः

मृतक  

१.नवराज वि.क.
२.टिकाराम सुनार
३.गणेश बुढामगर
४.लोकेन्द्र सुनार
५.सन्जिव (सन्जु) वि.क.
६.गोविन्द शाही

घाईतेहरु

१.सुदिप खड्का

२.जिवन भन्ने आशिष विक
३.गोविन्द सुनार
४.डिल्ली वि.क.
५.महेश कार्की
६.लाल बहादुर खड्का
७.विभाग पुन
८.भोला वि सि बिटालु
९.मदन शाही
१०.यूनिक भन्ने ईन्द्र जंग शाह
११.सरोज भडेल
१२.सुनिल सुनार

२.घटनामा संलग्न भएका व्यक्तिहरुको नामावली ः

क्रस नाम थर, वतन
१. डम्बर बहादुर मल्ल चौरजहारी नपा ८, सोती गाँउ
२. डिल्ली मल्ल चौरजहारी नपा ८, सोती गाँउ
३. तुल बहादुर मल्ल चौरजहारी नपा ८, सोती गाँउ
४. प्रेम बहादुर ठकुरी चौरजहारी नपा ८, सोती गाँउ
५. वीर बहादुर मल्ल चौरजहारी नपा ८, सोती गाँउ
६. प्रकाशी मल्ल चौरजहारी नपा ८, सोती गाँउ
७. शुस्मा मल्ल चौरजहारी नपा ८, सोती गाँउ
८. सन्तोष मल्ल चौरजहारी नपा ८, सोती गाँउ
९. मोहन पुनमगर चौरजहारी नपा ८, सोती गाँउ
१०. रमेश मल्ल चौरजहारी नपा ८, सोती गाँउ
११. मान बहादुर मल्ल चौरजहारी नपा ८, सोती गाँउ
१२. टोप बहादुर मल्ल चौरजहारी नपा ८, सोती गाँउ
१३. विनोद मल्ल चौरजहारी नपा ८, सोती गाँउ
१४. विष्णु मल्ल चौरजहारी नपा ८, सोती गाँउ
१५. लिपेन्द्र मल्ल चौरजहारी नपा ८, सोती गाँउ
१६. इन्द्र बहादुर मल्ल चौरजहारी नपा ८, सोती गाँउ
१७. हर्क बहादुर मल्ल चौरजहारी नपा ८, सोती गाँउ
१८. तिलक चन्द चौरजहारी नपा ८, सोती गाँउ
१९. दिपेन्द्र चन्द चौरजहारी नपा ८, सोती गाँउ
२०. घमण्ड मल्ल चौरजहारी नपा ८, सोती गाँउ
२१. रमेश मल्ल चौरजहारी नपा ८, सोती गाँउ
२२. धन बहादुर राना चौरजहारी नपा ८, सोती गाँउ
२३. नविन जिएम चौरजहारी नपा ८, सोती गाँउ
२४. भीम बहादुर पुन चौरजहारी नपा ८, सोती गाँउ
२५. विराज पुन चौरजहारी नपा ८, सोती गाँउ
२६.नेत्र मल्ल चौरजहारी नपा ८, सोती गाँउ
२७. रमित पुन चौरजहारी नपा ८, सोती गाँउ
२८. सर्वजीत पुन चौरजहारी नपा ८, सोती गाँउ
२९. गोमान मल्ल चौरजहारी नपा ८, सोती गाँउ
३०ं सविन मल्ल चौरजहारी नपा ८, सोती गाँउ
३१. विनोद मल्ल चौरजहारी नपा ८, सोती गाँउ
३२. इन्द्र मल्ल चौरजहारी नपा ८, सोती गाँउ

सोती नरसंहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत कर्ताः

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ
केन्द्रीय कार्यालयः काठमाण्डौं–१५, किमडोल, छाउनी
सम्पर्क नं.ः ०१४६७०५५०

Email: [email protected]

Justice and rights institute Nepal (JuRI-Nepal)

Central Office: Jwagal, Lalitpur

Contact no.:  015538910  Email: [email protected]

सोती नरसंहार स्थलगत अध्ययन टोलीः

अधिवक्ता–श्री त्रिलोक चन्द विश्वास वि.क.– संयोजक÷राष्ट्रिय अध्यक्ष–नेपाल राष्ट्रिय दलित समाज
कल्याण संघ
माननीय श्री नरपती लोहार – सदस्य÷सदस्य – राष्ट्रिय सभा
श्री मोतीलाल नेपाली – सदस्य÷अध्यक्ष – दलित नागरिक समाज तथा दलित कल्याण संघ
अधिवक्ता– श्री सुन्दर बहादुर सेनी – सदस्य÷प्रतिनिधि – जुरी नेपाल
श्री देउमल तिरुवा – सदस्य– दलित नागरिक समाज


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, २१:३४