रुकुम (पश्चिम): मुसिकोट नगरपालिका–१ पातुखोला बस्ने भरत घर्तिमगरको घरमा तास खेलिरहेको अवस्थामा रुकुम (पूर्व) को पृथा उत्तरगंगा गाउँपालिका–५ बस्ने २९ वर्षीय सुभाष घर्तिमगर समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद २५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ३ गते शनिबार, १८:५६