काठमाडौंः काभ्रेको साँगामा अवस्थित स्पाईनल इन्जरी पुनर्स्थापना केन्द्रमा उपचार गराई रहेकी गुल्मीकी हिमा लम्साललाई क्यानडामा बसोबास गरीरहेका मनकारी नेपालीहरुले १ लाख २६ हजार २५ रुपैया सहयोग गरेका छन् ।

आफ्नो दैनिकी जिवन गुजाराका लागि बस्तुभाउलाई घाँसपात गर्ने बेलामा रुखबाट लडेर घाईते भएकी हीमालाई उपचारमा सहयोग पुगोस भनेकार नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटनदुत नर बहादुर टण्डनको अगुवाईमा मनकारी नेपालीहरुले सहयोग गरेका हुन् ।

कक्षा नौ मा अध्यनरत लम्सालको परिवार आर्थिक अवस्था निकै कमजोर रहेको छ । यस्तो अवस्थामा उपचार गर्न रकम अभाव भएको जानकारी पाएपछी केही सहयोग होस भनेर आफुहरुले हातेमालो गरेको पर्यटन दुत टण्डनले बताए ।


साँगामा पुनर्स्थापना केन्द्रमै पुगेर आन्तरिक पर्यटन प्रर्वद्धन उत्थान समिति कर्णाली प्रदेशका सहसंयोजक भरतबन्धु थापाले क्यानडामा बस्ने मनकारी नेपालीहरुले पठाएको रकम हिमा लम्साललाई हस्तानान्तरण गरेका हुन् ।

रकम हस्तानान्तरण पछि लम्सालले भनिन्, अहिले विस्तारै विस्तारै उपचार गराउँदै गएपछी मलाई बाच्छु र पुन पुरानै जिवन सैलीमा फर्कन्छु भन्ने विश्वास लिएको छु । मलाई यसरी सहयोग गर्नु भएकोमा सबै मनकारी दाजुहरुलाई धन्यवाद दिन पनी चाहन्छु ।

हिमालाई पर्यटनदुत नर बहादुर टण्डन, अनिल थापा, कृष्ण हुमागाईंले १ सय १ क्यानेडियन डलर, पुर्ण कँडेलले ५५ क्यानेडियन डलर र सुर्य भट्टराई र गोविन्द खत्रीले ५१ क्यानेडियन डलर र कुमार शाही, विजय लम्साल, मोहन सापकोटा, जोहल एस कालहोन, हेम थापा, गिरी बुढाथोकी, रन्जीत मगर, विनोद बस्नेत, नेत्र भट्टराई, रिषी पनेरु, दिपेन्द्र अधिकारी, भाष्कर रेग्मी, विकास मर्हजन, सुरेष रजौरे, माधव गजुरेल, अतुल सुवेदी, राज महत र बुद्धी प्रसाद ओलीले ५० क्यानेडियन डलर सहयोग गरेको पर्यटन दुत टण्डनले बताए ।


प्रकाशित मितिः २०७८ साल वैशाख १३ गते सोमबार, १९:३१