रुपन्देहीः सिद्धार्थनगर नगरपालिका–८ अंचलपुरबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अंचलपुरस्थित बिकास सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय रवि थापा समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७० हजार १ सय ११ रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, साउन २५, २०७७, १६:१६